इलाम नगरपालिकाको १३ औं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम


सेवारो खबर  108 पटक हेरिएको

सभाका अध्यक्ष महोदय,
इलाम नगरपालिकाको गरिमामय यस नगरसभामा दोश्रो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा म गौरवान्वित भएको छु । सर्वप्रथम म तेह्रौ नगरसभामा उपस्थित सम्पूर्ण सदस्यज्यूहरुलाइ सभाध्यक्ष ज्यू मार्फत हार्दिक स्वागत गर्दछु । नेपाली जनताको सार्वभौम अधिकारलाइ स्थापित गर्ने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको स्थापनाका लागि शहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहीदहरु प्रति म हार्दिक श्रदाञ्जली व्यक्त गर्दछु ।

वर्तमान नेपालको जग निर्माणका लागि योगदान दिनु हुने सम्पूर्ण अग्रजहरुमा सम्मान प्रकट गर्दछु ।राजनीतिक परिवर्तनका लागि भएका संघर्षका क्रममा घाइते हुनु भएका, वेपत्ता हुनु भएका र पीडा भोग्नु हुने सम्पूर्ण महानुभावहरुमा स्वास्थ्य लाभको कामनाका गर्दै वेपत्ता हुनु भएको व्यक्तिका परिवार समेतमा सम्मान व्यक्त गर्दछु ।

हामीले इलाम नगरवासीहरुको अमूल्य मत सहित निर्वाचित भएर कार्य आरम्भ गरेको एक बर्ष व्यतित भइ सकेको छ । हाम्रो कार्यकालको यस प्रथम बर्षमा हामीले स्थानीय सरकार संचालन सम्वन्धी ज्ञान र अनुभव हासिल गर्दै यसै आर्थिक बर्षमा सिर्जना भएको आर्थिक संकटका बाबजुद उपलब्ध सिमित स्रोत साधनको महत्तम परिचालन मार्फत कार्यान्वयन गरेका योजना तथा कार्यक्रमहरुबाट नगरको आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण र संस्थागत सुशासन लगायतका क्षेत्रहरुकोविकास र प्रबर्द्धनका लागि शुरुवाती आधारहरु सिर्जना भएका छन ।

तथापी जनआकांक्षाको तह सम्म विकास र समृद्धिको स्तरलाइ पुर्याउन थप रणनीतिक प्रयत्न गर्नु पर्नेआवश्यकता हाम्रो सामु छ।
स्थानीय सरकारको फराकिलो जिम्मेवारी र नगरवासीहरुको हामी प्रतिको उच्च अपेक्षालाइ प्रभावकारी रुपमा सम्वोधन गर्दै लोकतन्त्रका लाभहरुको समन्यायिक वितरण गर्नका लागि सहकार्य, समन्वय र सह-अस्तित्वको सिद्धान्त बमोजिम हामीले संघीय सरकार, प्रदेश सरकार, अन्य स्थानीय तह तथा निजी, सहकारी, गैरसरकारी एवं सामुदायिक क्षेत्र संग सहकार्य र समन्वय गर्दै अघि बढ्नु अपरिहार्य छ ।

यसै अपरिहार्यतालाइ मनन गर्दै नयाँ सार्वजनिक शासनको वर्तमान अवधारणा बमोजिम सरोकारवाला सबै पक्षहरुको परिपुरक सक्षमताको उपयोग हुने गरि यस नीति तथा कार्यक्रममा सहकार्यमुखी कार्यक्रमहरुलाइ उच्च प्राथमिकता दिइएको छ । ‘समुन्नत इलाम, सम्पन्न इलामेली’ नाराको मर्मलाइ नीति, विधि र व्यवहारमा अनुशरण गरेर हाम्रा मतदाताहरुले दिनु भएको विश्वासलाई इमान्दारिता र निष्ठामा रुपान्तरण गर्दै इलामलाइ समृद्ध नगरको रुपमा स्थापित गर्ने विराट अभिभारा हाम्रो काँधमा छ।

यस परिप्रेक्ष्यमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को व्यवस्था अनुरुप यस सम्मानित नगर सभामा आर्थिक वर्ष २०८०/८१ को लागि इलाम नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न गइरहेको छु ।

१ सामाजिक विकास
शिक्षा
१ ज्ञानपुञ्ज सिर्जनशील प्रतिष्ठान संगको सहकार्यमा नगर क्षेत्रभित्रका शैक्षिक संस्थाहरुको तथ्यमा आधारित अवस्था विश्लेषण गर्दै समग्र उन्नयनका लागि नगर शिक्षा योजना तयार गरी कार्यान्वयन गरिनेछ ।
२ नगरको शैक्षिक उन्नयनका लागि पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौ विश्व विद्यालय, लिटिल एन्जल्स विद्यालय लगायतका शैक्षिक संस्था र व्यावसायिक सीप विकास तालिम प्रदायक संस्थासँगको सहकार्यमा शैक्षिक कार्यक्रम संचालन गरिने छ ।
३ नतिजामा आधारित सूचकका आधारमातेश्रो पक्ष समेतको सहभागितामा विद्यालयहरुको अनुगमन गरि असल अभ्यासहरुको प्रबर्द्वन र समस्याहरुको समाधान गर्ने नीति अबलम्बन गरिने छ ।
४ शैक्षिक उपलब्धिमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय र उत्कृष्ट शिक्षकलाइ नगर शिक्षा पदकबाट सम्मान गरिने छ ।
५ Book Free Friday को अवधारणा अनुरुप हरेक साता एक कृयाकलाप, हरेक महिना एक प्रतियोगिता कार्यक्रम मार्फत बालबालिकाको प्रतिभा विकास गर्ने नीति अबलम्बन गरिने छ ।
६ मेरो विद्यालय आफै बोल्छ कार्यक्रम अन्तर्गत विद्यालयकाअनुकरणीय अभ्यास, शैक्षिक उपलब्धी र अब्बल विद्यार्थीहरुको अभिलेख राखि उजागर गर्ने नीति अबलम्बन गरिने छ ।
७ विद्यालय कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम र तथ्याङ्क अद्यावधिक अभिमुखीकरण तालिम संचालन गरि विद्यालयहरुको संस्थागत क्षमता र कार्यदक्षता अभिवृद्वी गरिनेछ ।
८ विद्यालयका सूचना अधिकारीहरुलाइ आवश्यक तालिम प्रदान गरिने छ ।
९ प्रविधिमा आधारित शैक्षिक प्रशासन र व्यवस्थापनमा विद्यालयहरुको पहुँच विस्तार गरिने छ
१० नगरको आकांक्षा, माटो सुहाउदो शिक्षा को अवधारणा बमोजिमनगरका विविध पक्षहरु संग बालबालिकालाइ साक्षात्कार गर्न स्थानीयपन सुहाउंदो इलामको सेरोफेरो नामक स्थानीय पाठ्यक्रम तयार गरि लागु गरिने छ
११ बालवालिकाको सिकाइको विषयगत दायरालाइ फराकिलो बनाउन र शिक्षण अभावलाइ परिपुर्ति गर्न मेरो ज्ञान, शैक्षिक उन्नतिका लागि दान कार्यक्रम अन्तर्गत स्वयंसेवक श्रोत शिक्षक परिचालनको नीति कार्यान्वयन गरिने छ ।
१२ कक्षालाइ बालबालिकाहरुको नेतृत्व अभ्यास गर्ने, योजनाबद्ध कार्य सम्पादन गर्ने र सिकाइ कृयाकलापहरुको अभिलेखाङ्कन गर्ने समूहका रुपमा क्रियाशील गर्न कक्षा ६ भन्दा माथि कक्षा कोठा डायरी कार्यक्रम संचालन गरिने छ ।
१३ मेयर छात्रबृत्ति कार्यक्रम अन्तर्गत रत्नकुमार बान्तवा पोलिटेक्निकल इन्टिच्यूट (CTEVT) मा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाइ दिइएको छात्रबृत्तिलाइ निरन्तरता दिंदै आगामी बर्षका लागि पशु विज्ञान, बाली विज्ञान र वन विज्ञानमा १र१ जना नयाँ छात्रछात्रालाइ छात्रबृत्ति उपलब्ध गराइने छ । इलाम सामुदायिक कृषि क्याम्पसमा वि। एस्सी एजी अध्ययनका लागि प्रवेश परिक्षामा उत्कृष्ट अंक ल्याउने नगरक्षेत्र भित्र स्थायी वसोबास भएका विपन्न तथा जेहेन्दार २ जना छात्र र २ जना छात्रालाइ ५० प्रतिशत छात्रबृत्ति उपलब्ध गराइने छ ।साथै उच्च शिक्षा अध्ययन गर्ने इलाम नगर क्षेत्रका विद्यार्थीहरुलाइ प्रोत्साहन सहायता उपलब्ध गराइने छ ।
१४ इलाम नगरमा सामुदायिक नर्सिंग कलेज स्थापनाको लागि सम्भाव्यता अध्ययन र स्थापनामा जोड दिइनेछ ।
१५ महेन्द्ररत्न बहुमुखी क्याम्पसमा विज्ञान कानुन लगायत व्यावहारिक र रोजगारमूलक विषय पठनपाठनका लागि आवश्यक समन्वय गरिनेछ ।
१६ इलाम अस्पतालमा स्थापित स्वास्थ्य हेल्प डेस्कलाई व्यवस्थित ढङ्गले सञ्चालन गरिनेछ र इलाम मेडिकल कलेजको स्थापनाका लागि नगरपालिकाको दायित्वमा पर्ने जग्गा व्यवस्थापन गराउने कार्यलाई प्राथमिकतामा राखिनेछ ।
सामाजिक सुरक्षा र संरक्षण
१ मनमोहन अधिकारी सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रम अन्तर्गत विपन्न जेष्ठ नागरिक, दलित दलित जेष्ठ नागरिक, कडा रोग लागेका बिरामी र सुत्केरीहरुका लागि सामाजिक सुरक्षा र संरक्षणका विभिन्न उपकरणहरु कार्यान्वयन गरिने छ ।
२ नगरको चाहना, जेष्ठ नागरिकको सु-स्वास्थ्यको कामना अन्तर्गत दलित जेष्ठ नागरिक र विपन्न जेष्ठ नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने छ ।
३ नगरको आकांक्षा, सुत्केरीको सुरक्षा नारालाइ सार्थक तुल्याउन सुत्केरीहरुलाइ निस्शुल्क एम्बुलेन्स सेवा र प्रसुती पोषण भत्ता उपलब्ध गराइने छ ।
४ नगरको हात, कडा रोगका बिरामीलाइ साथअन्तर्गत कडा रोगका बिरामीहरुलाइ आर्थिक सहायता उपलब्ध गराइने छ ।
५ माइ भगवती बृद्धाश्रम वडा न १० र राहसल बाल अनाथलय वडा नं ९ लाइ संचालन अनुदान उपलब्ध गराइने छ ।
स्वास्थ्य
१ इलाम अस्पतालमा चिकित्सकहरुको अधिकतम कार्यदिनको सेवालाइ प्रोत्साहित गर्दै बिरामीहरुलाइ राहत प्रदान गर्न मासिक २० कार्यदिन भन्दा बढी हाजिर गरि कार्य गर्ने चिकित्सकहरुलाइ कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता उपलब्ध गराइने छ ।
२ जराधार तहमा जनस्वास्थ्यका खम्बाका रुपमा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुको उत्प्रेरणाका लागि महिला स्वयंसेविका प्रोत्साहन कार्यक्रम अन्तर्गत प्रोत्साहन भत्ता उपलब्ध गराइने छ ।
३ उत्कृष्ट सेवा प्रवाह गर्ने महिला स्वयंसेविकालाइ बार्षिक रुपमा सम्मान गरिने छ ।
४ पूर्ण खोप अभियानलाइ जोड दिंदै पूर्ण खोप पुरा गरेका वडाहरु लाइ पूर्ण खोप प्रमाणपत्र उपलब्ध गराइने छ
५ नगरको चासो, बाल स्वास्थ्य जाँचको खाँचो कार्यक्रम अन्तर्गत जन्म देखि २३ महिना सम्मका बच्चाहरुको नियमित बृद्धि अनुगमन गरि पूर्ण बृद्धि अनुगमन गरेका बालबालिकालाइ प्रोत्साहन गरिने छ ।
६ घर घरमा नगर कार्यक्रम अन्तर्गत नेपाल परिवार नियोजन संघ संगको सहकार्यमा प्रोस्टेट, पाठेघर र स्तन क्यान्सर स्क्रिनिङका लागि निस् शुल्क शिविर र नागरिक स्वास्थ्य क्लिनिक संचालन गरिने छ ।
७ निजि अस्पतालहरु, इलाम अस्पताल, इलाम सामुदायिक आँखा अस्पताल र नेत्र ज्योती संघसंगको सहकार्यमा एकिकृत स्वास्थ्य शिविर संचालन गरिने छ ।
८ बढ्दो मानसिक रोग र आत्महत्यालाइ न्यूनीकरण गर्न सुरक्षित आप्रवासन कार्यक्रम संगको सहकार्यमा विद्यालयमा मानसिक स्वास्थ्य तथा परामर्श कक्षाहरु संचालन गरिने छ ।
९ सुर्तीजन्य पदार्थ र गुट्काहरुको विक्रि वितरणलाइ सरोकारवाला निकायहरु संगको सहकार्यमा कानुन बमोजिम नियमन गरिने छ ।
१० इलाम अस्पताललाइ ३०० शैयाको अस्पतालका रुपमा स्तरोन्नती गर्न पहल गरिने छ ।
महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिक
१ उप-प्रमुख उद्यमशीलता प्रबर्द्धन कार्यक्रम अन्तर्गत महिला, दलित,वालबालिका र जेष्ठ नागरिकहरुका लागि उपयोगी सीप विकास एवं क्षमता अभिबृद्धि तालिम तथा अभिमुखीकरण कार्यक्रम संचालन गरिने छ ।
२ शिक्षित नगरपालिका, सुरक्षित वालवालिका नाराका साथ वालमैत्री स्थानीय शासन घोषणाका लागि आवश्यक आधारहरु निर्माण गरिनेछ ।
३ जेष्ठ नागरिक संग उप(प्रमुख कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकहरुका लागि आयुर्वेदिक स्वास्थ्य उपचार शिविर संचालन गरिने छ ।
४ जेष्ठ नागरिकहरुको सामाजिक , आर्थिक र सांस्कृतिक वृद्धि एवं विकास गर्न र स्वास्थ्य सेवाको पहुँचलाइ सरल , सहज र सुलभ बनाउन जेष्ठ नागरिक मिलन केन्द्रहरुलाइ क्रियाशील तुल्याउंदै जेष्ठ नागरीक सँग मेयर ू कार्यक्रम सञ्चालन गरिनेछ ।
५ अपाङ्गता सहायता कक्षलाइ थप सुदृढ बनाइ अपाङ्गता भएका व्यक्तिहरुलाइ एकद्वार प्रणालीबाट सेवा प्रदान गरिने छ ।
६ घर घरमा नगर कार्यक्रम अन्तर्गत पूर्णरुपमा हिडडुल गर्न नसक्ने अपाङ्गता भएका व्यक्तिहरुलाइ घरमा नै गएर परिचय पत्र वितरणको व्यवस्था मिलाइने छ।
७ अपाङ्गता रोकथाम गर्न र फरक क्षमता भएका व्यक्तिहरुको क्षमताको प्रबर्द्धन गर्न अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम संचालन गरिने छ ।
८ इलाम अस्पतालमा अपाङ्गतामैत्री शौचालय निर्माणका निमित्त समन्वय गरिने छ ।
आदीवासी जनजाती, भाषा साहित्य तथा संस्कृति
१ पत्रकारिता क्षेत्र संगको सहकार्यमा इलाम नगरपालिका क्षेत्र भित्र बसोबास गर्दै आएकाआदिवासी जनजाती समुदायका लोपोन्मुख लेप्चा र सुनुवार जातीहरुको भाषा तथा संस्कृतिको संरक्षण र प्रचार प्रसारका लागि विशेष कार्यक्रमहरु संचालन गरिने छ ।
२ उप-प्रमुख उद्यमशीलता प्रबर्द्धन कार्यक्रम अन्तर्गत लोक संस्कृति झल्काउने परम्परागत बाजा र संगीतको संरक्षण गर्न समूहगत रुपमा परम्परागत बाजा बजाउने प्रशिक्षण प्रदान गरिने छ ।
३ आदिवासी जनजातीहरुको समाधीस्थलको सुरक्षा र संरक्षणको व्यवस्था मिलाइने छ ।
४ पर्यटनका लागि साहित्य नारा सहित नगर स्तरीय साहित्य कला प्रतिष्ठानको अगुवाइ र सरोकारवाला संस्थाहरु संगको सहकार्यमा इलाम साहित्य सम्मेलनको आयोजना गरिने छ।

युवा तथा खेलकुद
१। वैदेशीक रोजगारी होइन दिर्घकालिन निकास युवा सहभागिता सहितको आर्थिक विकास , भन्ने नाराका साथ ‘ युवा उधमी सगै मेयर ‘ कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ ।
२ युवाहरुलाइ विकास निर्माणका कार्यमा सहभागि बनाइ नगरका विकास कार्यमा अपनत्व सिर्जना गर्न प्रत्येक उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये कुनै एक पदमा अनिवार्य रुपमा २५ बर्ष भन्दा कम उमेरको युवालाइ समावेश गर्ने व्यवस्था मिलाइने छ
३ स्वास्थ्यका लागि खेलकुदको नारालाइ सार्थक तुल्याउदै विद्यार्थीहरुको खेल प्रतिभालाइ प्रष्फुटन गराउन नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता संचालन गरिने छ ।
४ पर्यटनका लागि खेलकुद कार्यक्रम अन्तर्गत सरोकारवाला संस्थाहरु संगको सहकार्यमा विभिन्न विधाका खेलकुद प्रतियोगिताहरु आयोजना गर्नुको साथै विभिन्न प्रतियोगिताहरुलाइ प्रस्तावका आधारमा सहयोग गरिने छ ।
२आर्थिक विकास
कृषि तथा पशुपंक्षी
१ गरिव संग विश्वेश्वर कार्यक्रम अन्तर्गत गरिव किसानहरुको जिवन स्तरमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने गरि कृषि तथा पशुपंक्षि सम्वन्धी विभिन्न कृषक ज्ञान, सीप तथा क्षमता विकास, प्रविधि प्रसार, उत्पादकत्व बृद्धि तथा कृषक सहयोग कार्यक्रमहरु संचालन गरिने छ ।
२ रसायन प्रयोग र तापक्रम बृद्धिले गर्दा माटोको उर्वराशक्ति कायम राख्ने तत्वहरु नासिन नदिन एकिकृत खाद्यतत्व व्यावस्थापनका लागि माटो परीक्षण प्रयोगशाला ९मिनी ल्याब० संचालनमा ल्याईने छ ।
३ जलवायु परिवर्तनका कारण जलवायुमा उत्पन्न हुने प्रकोप न्युनिकरण र जैविक पद्धती सन्तुलनका लागिगोठेमल सुधार, प्राङ्गारिक मल, गड्यौले मल उत्पादनका लागि सीप तथा क्षमता विकास तालिम संचालन गरिने छ ।
४ उप-प्रमुख उद्यमशीलता प्रबर्द्धन कार्यक्रमअन्तर्गत न्यून आय भएका युवा तथा महिलाहरुलाइ आयमुलक उद्यम संग जोडन च्याउ उत्पादन तथा मौरीपालन तालिम कार्यक्रम सचालन गरिने छ ।
५ कृषि तथा पशु संग सम्वन्धित आधारभुत सेवालाइ वडा तह सम्म विस्तार गर्न एक कृषक समुह, एक कृषक गुरु तयार गर्ने उद्देश्य सहित उप-प्रमुख उद्यमशीलता प्रबर्द्धन कार्यक्रम अन्तर्गत कृषक गुरु प्रशिक्षण कार्यक्रम संचालन गरिने छ।
६ कृषि क्षेत्रका नवीनतम् ज्ञान, सीप र प्रविधि सम्वन्धी जानकारीमा कृषकहरुको सहज पहुँच सुनिश्चित गर्न स्थानीय एफ एम रेडियोहरु संगको सहकार्यमा कृषि शिक्षा रेडियो कार्यक्रम संचालन गरिने छ ।
७ कृषि कार्यहरुको व्यवसायीकरणका लागि सरोकारवाला संघ संस्थाहरु संगको साझेदारीमा कृषि व्यवसाय प्रबर्द्धन कार्यक्रम संचालन गरिने छ ।
८ कृषि क्षेत्रको एकीकृत गुरुयोजना निर्माणको आधार तयार गर्न सूचीकृत किसानहरुको बर्गीकरण गरि वर्गिकृत पहिचान सहितको परिचय-पत्र उपलब्ध गराइने छ ।
९ जलबायु परिवर्तनको असरका कारण उत्पन्न हुने रोग किराहरुको प्रकोप न्यूनीकरण गर्न आकस्मिक रोग किरा नियन्त्रण कार्यक्रम संचालन गरिने छ ।
१० इलाम सामुदायिक कृषि क्याम्पस संगको सहकार्यमा माटो परीक्षण, प्राकृतिक शत्रु जीव व्यवस्थापनका लागि घुम्ती तालिम र बाली उपचार घुम्ती शिविर संचालन गरिने छ ।
११ उत्थानशील कृषिको आधार, बीमा सेवाको विस्तार अन्तर्गत बिमा कम्पनीहरु संगको सहकार्यमा कृषि रपशुपंक्षी तथा विपद बीमा सचेतना कार्यक्रम संचालन गरिने छ ।
१२ HERF International Nepal  संगको लागत साझेदारीमाकृषि तथा पशु विकास कार्यक्रम संचालन गरिने छ ।
१३ नगर क्षेत्रमा रोजगारी सिर्जनाका लागितिल्केनी बुङ्गदामेटारमा ‌औद्योगिक ग्राम, पुवामझुवामा लोक्ता उद्योग, इलाम शेरामा पानी उद्योग, सांगरुम्वामा बाँसको सामग्री उत्पादन उद्योग, इलाम तिल्केनीमा कुचो, इलाम नगरपालिका वडा नं १, २, ३, ४, ५ लाई लक्षित गरी सब्जी गुन्द्रुक तथा अचार जाम, सोयाक निरफोकमा सुपारी पकेट क्षेत्र स्थापनाका लागिउद्योग वाणिज्य संघसँग लगायतका सरोकारवाला निकायहरु संगको सहकार्यमा सम्भाव्यता अध्ययन गरिनेछ ।
१४ कृषिजन्य उत्पादनहरु संकलन गरी बजारीकरण गर्नका लागि कृषि थोक पसल र वडा वडामा कृषि संकलन केन्द्र स्थापना गर्ने कार्यलाई सहयोग गरिनेछ ।
१५ नगरमा बाँदरको आतंकले कृषि उत्पादनमा ह्रास आएको हुँदा पारिस्थितिक प्रणालीलाई असर नगर्ने गरी संघीय तथा प्रदेश सरकारका निकायहरु संगको सहकार्यमा वैज्ञानिक ढंगबाट बाँदरको व्यवस्थापनका लागि कार्ययोजना तयार गरिनेछ ।
१६ गरिवी निवारण तथा सामाजिक परिचालन कोषबाट सहकारी सस्थामार्फत कृषकहरुलाई ऋण सुविधा प्रवाह गरी वित्तीय साक्षरता तथा सहकारी शिक्षा प्रवर्द्धन गरिनेछ ।
१७ एक वडा एक उत्पादन कार्यक्रमका लागि वडागत रुपमा उत्पादनको पहिचान गरिने छ ।
१८ नगर क्षेत्र भित्र उत्पादित अर्गानिक चियाको प्रमाणिकरणमा सहयोगका लागि नेपाल चिया कफी विकास वोर्ड लगायतका निकाय संग समन्वय गरिने छ ।
१९ नगर क्षेत्र भित्र उत्पादित चियाको इचष्नष्ल ऋभचतषष्अबतभ इलाममा नै जारी गर्ने व्यवस्थाका लागि पहल गरिने छ ।
२० विषादी परिक्षण प्रयोगशाला स्थापनाका लागि प्रस्ताव तयारी गरि सम्वन्धित निकायमा पेश गरिने छ ।
२१ वडा नं ७ मा बहुतले पार्किङ सहितको कृषि बजार भवन निर्माणका लागि प्रारम्भिक कार्य थालनी गरिने छ ।
२२ मिनि कोल्ड स्टोर निर्माणका लागि संघीय सरकार र प्रदेश सरकार संग समन्वय गरिने छ ।
२३ आधारभुत पशु सेवामा ग्रामीण भेगका पशुपालक कृषकहरुको पहुँच विस्तारका लागि निजी पशु प्राविधिकहरु लाइ औजार उपकरण खरिद अनुदान उपलब्ध गराइ सेवा प्रवाहमा उत्प्रेरित गरिने छ ।
२४ पशु रोगको निदान तथा परजिवीको नियन्त्रण एवं उपचारका लागि घर घरमा नगर कार्यक्रम अन्तर्गत पशु स्वास्थ्य शिविर संचालन गरिने छ ।
२५ कृतिम गर्भाधान मार्फत नश्ल सुधारका लागि कृषकहरुलाइ उन्नत जातको सेक्सड सिमेन उपलब्ध गराइने छ ।
२६ नगरका विभिन्न पशुपालन क्षेत्रहरुलाइ गाइ तथा बाख्रा जोनका रुपमा विकास गर्न उपयुक्त क्षेत्रहरुको पहिचान र आधार तयारीका कार्यहरु संचालन गरिने छ ।
२७ इलाम नगरपालिका वडा नं। १ मा स्थापनाको क्रममा रहेको कृषि अनुसन्धान केन्द्रका लागि जग्गा व्यवस्थापन गर्न र प्रयोगशालाका लागि भोटेडाँडा स्थित पर्ति जग्गा उपलब्ध गराउन पहल र समन्वय गरिने छ ।
पर्यटन प्रबर्द्वन
१। पत्रकारिता क्षेत्र संगको सहकार्यमा इलाम नगर क्षेत्र भित्रका पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार तथा प्रबर्द्धनका कार्यहरु अघि बढाइने छ ।
२ नेपाल पर्यटन बोर्ड संगको सहकार्यमा पर्यटन प्रबर्द्धनका विभिन्न कार्यक्रमहरु संचालन गरिने छ ।
३ उप-प्रमुख उद्यमशीलता प्रबर्द्धन कार्यक्रम अन्तर्गत होटल व्यवसायी संघ इलाम संगको सहकार्यमा होटल व्यवसाय प्रबर्द्धनका लागि उपयोगी हुने सीप विकास तथा क्षमता अभिबृद्धि तालिम संचालन गरिने छ ।
४ इलाम सदरमुकाममा पर्यटकहरुको आकर्षण गर्न र होटल तथा होमस्टेमा रात विताउने वातावरण वनाउन होटल व्यवसायी संघको अगुवाइमा पाहुना स्वागत तथा सम्मान कार्यक्रम संचालन गरिने छ ।
५ इलाम नगरको पर्यटकीय आकर्षण अभिबृद्धिका लागि निजी क्षेत्र संग सहकार्य गरिने छ ।
६ पर्यटन प्रबर्द्धनका लागि सवारी चालक तथा कर्मचारीहरुका लागि अभिमुखीकरण कार्यक्रम संचालन गरिने छ ।
७ नगर पर्यटन सूचना केन्द्र स्थापना तथा संचालन गरिने छ ।
८ Agro – Tourism का कृयाकलाप संचालनका लागि संभाव्य क्षेत्रहरुको पहिचान गरिने छ ।
९ नेपाल चिया तथा कफी विकास वोर्ड, निजी चिया कम्पनी तथा सरोकारवाला संस्थाहरु संगको सहकार्यमा इलाममा उत्पादित चियाको बजारीकरणका लागि अन्तर्राष्ट्रिय चिया एक्स्पो आयोजना गरिनेछ ।
१० इलाम नगरपालिका वडा नं १ स्थित भोटे डाँडामा प्रधानमन्त्री राष्ट्रिय पार्क निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन ९म्एच्० तयारी कार्य अघि बढाइने छ ।
सिंचाइ
१ आव। २०८०/८१ मा संचालन हुने ९ वटा साना सिंचाइ आयोजनाहरुको माध्यमबाट थप ४७२३ रोपनी कृषि योग्य जमिनमा सिंचाइ सुविधा पुर्याइने छ ।
२ मझौला सिंचाइ आयोजना तथा नयाँ प्रविधिमा आधारित सिंचाइ आयोजनाहरुको संभाव्यता अध्ययन गर्न पहल गरिने छ ।
सहकारी
१ सहकारीक्षेत्रको सुचना, तथ्यांकहरुलाई नियमित, विश्व सनिय, वास्तविक बनाई व्यवस्थापन सूचना प्रणालीमा आधारित अनुगमन,नियमन पद्धति स्थापित गर्न जिल्ला सहकारी संघ संगको सहकार्यमा ऋइएइःक्ष्क् तालिम संचालन गरिने छ ।
२ नतिजामा आधारित अनुगमन सूचकका आधारमा सहकारी संस्थाहरुको नियमित अनुगमन गरि सहकारी संस्थाहरुको विस्तृत अद्यावधिक प्रोफाइल तयार गरिने छ ।
३ खारेज हुन वा एक अर्कामा गाभिन चाहने सहकारीहरुका लागि खारेजी वा मर्जको प्रकृया अघि बढाइने छ
४ संरक्षित खनजोत गरि दिगो भू- ब्यवस्थापन गर्न र ‍अर्गानिक तरकारी खेतीमा बहुवाली प्रणाली र बाली मौसमी पात्रोलाइ कार्यान्वयन गर्न जिल्ला सहकारी संघ संगको सहकार्यमा ब्यवसायिक अर्गानिक तरकारी खेती ९मौसमी तथा बेमौसमी० कार्यक्रम कार्यान्वयन गरिने छ ।
उद्योग, वाणिज्य तथा उद्यम विकास
१ इलाम नगरपालिकालाइ सेनेटरी प्याड उत्पादनमा आत्मनिर्भर बनाउन नगरपालिकाको ४० प्रतिशत अनुदान सहायता र निजी क्षेत्रको लगानीमा सेनेटरी प्याड उद्योगको स्थापना गरिने छ ।
२ टुथपिक (बाँसको सिन्का) उत्पादनमा आधारित उद्योग स्थापनाका लागि निजी क्षेत्रलाइ प्रोत्साहित गरिने छ ।
३ उप-प्रमुख उद्यमशीलता प्रबर्द्धन कार्यक्रम अन्तर्गत तालिम प्रदायक संस्थाहरु समेत संगको सहकार्यमा बर्तमान बजारको माग र आवश्यकता बमोजिमका सीप तथा उद्यमको विकासका लागि तालिम कार्यक्रम संचालन गरिने छ ।
४ नगरपालिकाबाट सीपमूलक तालिम प्राप्त गरेका महिला उद्यमीहरुलाइ व्यवसायिक प्रस्तावका आधारमा उप(प्रमुख महिला सीप विकास कोषबाट सहुलियतपूर्ण ऋण उपलब्ध गराइने छ ।
५ मेरो नगर मेरो घर, मेरै उन्नतिका लागि कर कार्यक्रम अन्तर्गत उद्योग वाणिज्य संघ इलाम संगको सहकार्यमा साना व्यवसायीहरुका लागि कर सचेतना तथा कर सहभागिता अभिबृद्धि कार्यक्रम संचालन गरिने छ ।
६ सुरक्षित आप्रवासन कार्यक्रम र उद्योग वाणिज्य संघ इलाम विचको सहकार्यमा व्यवसायीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम संचालन गरिने छ ।
७ नगरस्तरिय उपभोक्ता हकहित संरक्षणमंचको गठनका लागि सहजीकरण गरिने छ ।
८ नगरपालिकाको क्ष्लतभनचबतभम म्ष्नष्तब िएचयाष्भि मार्फत नगर क्षेत्र भित्र रहेका सबै उद्योग व्यवसायहरुको एकिकृत विवरण तयार गरिने छ ।
९ साना तथा घरेलु उद्योगहरुको संचालनमा सहजिकरण गरिने छ ।
१० नगर भित्र रहेका उत्कृष्ट उद्यमीलाइसमृद्ध उद्यम पुरस्कार बाट प्रोत्साहित गरिने छ ।
श्रम तथा रोजगार
१ मजदुरी बाध्यता हो , होइन रहर को अवधारणा बमोजिम हरेक मजदुर सँग मेयर कार्यक्रम सञ्चालनगरिने छ
२ उप-प्रमुख उद्यमशीलता प्रबर्द्धन कार्यक्रम अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत श्रमिकहरुलाइ बर्गिकरण गरि दक्ष श्रमिकका रुपमा विकास गर्न उपयुक्त सीप विकास तालिम संचालन गरिने छ ।
३ प्रधानमन्त्री रोजगार कार्यक्रम संगको सहकार्यमा सूचीकृत श्रमिकहरुको उपयोग गरि पूर्वाधार निर्माणका कार्यहरु संचालन गरिने छ ।
४ बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको ज्ञान, सीप र क्षमतालाइ स्वदेशी उद्यम तथा स्वरोजगारीका क्षेत्रसंग जोड्न उपयुक्त सीप विकास तथा क्षमता अभिबृद्धि कार्यक्रम संचालन गरिने छ ।
५ वैदेशिक रोजगारीमा गइ समस्यामा परेका व्यक्तिहरुको उद्दार तथा राहतका लागि सुरक्षित आप्रवासन कोष मार्फत सहयोग उपलब्ध गराइने छ ।
३ पूर्वाधार विकास
१ संघीय सरकारको बजेट सहयोग र नेपाली सेना संगको सहकार्यमा इलाम जिल्ला सदरमुकाम स्थित ठूलो टुंडीखेललाइ आधुनिक रंगशालाका रुपमा विकास गर्नका लागि निर्माण कार्य शुरु गरिने छ ।
२ Faceless Governance को अवधारणा बमोजिमउपभोक्ता समिति मार्फत संचालन गर्ने भनि निर्णय भएका लागत सहभागिताको अंश बाहेक पाँच लाख सम्मका योजनाहरुका उपभोक्ता समितिले योजना संझौता, पेश्की भुक्तानी, निर्माण बील भुक्तानी लगायतका कुनै पनि कार्यहरुका लागि नगर कार्यपालिकाको कार्यालयमा आउनु नपर्ने गरि वडा स्तरमा नै कार्य गर्ने व्यवस्था मिलाइने छ ।
३ घर घरमा नगर कार्यक्रम अन्तर्गत साविक इलाम नगरपालिका क्षेत्र बाहेकका वडाहरुमा घर नक्शा पास घुम्ति सेवा संचालन गरिने छ । घुम्ति सेवाको अवधिमा हुने घर नक्शा पासमा जरिवाना छुट दिइने छ ।
४ इलाम नगर क्षेत्र भित्रका खानेपानी योजनाहरुलाइ संघीय कानुन र इलाम नगरपालिकाको खानेपानी ऐनबमोजिम संचालन गर्ने व्यवस्था मिलाइने छ ।
५ उज्यालो नगर अभियान अन्तर्गत टोल विकास संस्थाहरु संगको सहकार्यमा सडक वत्तिको निर्माण र व्यवस्थापनका कार्य शुरु गरिने छ ।
६ वडा नं ७ स्थित सानो टुँडीखेलको सुरक्षा गरि उपयुक्त प्रयोजनमा उपयोगको व्यवस्था मिलाइने छ ।

७ भूउपयोग नीति बमोजिम बाँझो जमिनमा सामुहिक तथा व्यक्तिगत रुपमा खेती गर्न प्रोत्साहन गरिनेछ ।
८ सार्वजनिक तथा सरकारी जमिनहरुको व्यवस्थित अभिलेख राखि उचित संरक्षण र विकासका कार्य अघि बढाइने छ।
९ डिभिजन सडक कार्यालय संगको सहकार्यमा मेची राजमार्गको १५ मिटर सडक क्षेत्र भित्र घर संरचना निर्माणलाइ कडाइका साथ निषेध गरिने छ ।
१० सुकुम्वासी र अव्यवस्थित वसोवासीलाई राष्ट्रिय भूमि आयोग मार्फत जग्गाधनी प्रमाण पुर्जा प्रदान गर्नेकार्यलाइ प्राथमिकताका साथ अघि बढाइने छ ।
११ The Australian  संगको सहकार्यमा एकीकृत सहरी विकास योजना तयार गरिने छ ।
१२ नेपाल टेलिकम लगायतका इन्टरनेट सेवा प्रदायकहरु संगको सहकार्यमा नगर क्षेत्र भित्रका महत्वपूर्ण सार्वजनिक स्थलहरुमा Free  सेवा उपलब्ध गराइने छ ।

४ वन वातावरण तथा विपद व्यवस्थापन
१ ‘स्वच्छ नगर, सक्षम नागरिक ‘ भन्ने नाराकोसाथ वातावरण मैत्री स्थानीय शासन सञ्चालन गर्ने नीति लाई अंगिकार गरिनेछ ।
२ सफा र सुन्दर चिया वगान, पर्यटकीय नगरको पहिचान कार्यक्रम अन्तर्गत ऐतिहासिक चिया बगान क्षेत्र र पर्यटकिय स्थानहरुमा सार्वजनिक डस्टविन र सचेतनामूलक बोर्डको व्यवस्थाका लागि बैंकर्स एसोसिएसन र बैंकहरुसंग सहकार्य गरिनेछ ।
३ नगरको आश, सकारात्मक परिवर्तनमा युवाको साथ कार्यक्रम अन्तर्गत इलाम ग्रीनसंगको सहकार्यमा पोलिथिन झोला मुक्त क्षेत्र र धुम्रपान निषेधित सार्वजनिक क्षेत्र अभियानका लागि सचेतना एवं निगरानी कार्यक्रम संचालन गरिनेछ ।
४ हरितनगरको सुन्दरता कायम राख्न सार्वजनिक स्थलहरुमा भित्ते लेखन तथा पर्चा पम्प्लेट टाँस्ने कार्यलाई पूर्णतः निषेध गरि प्रचारप्रसारका लागि बैकल्पिक स्थानको व्यवस्था गरिनेछ
५ स्वास्थ्य र वायुमण्डल बचाऔं अभियान अन्तर्गत हरित शान्ति अभियानसंगको सहकार्यमा प्लाष्टिक जन्य फोहोर जलाउने कार्यलाई पूर्ण रुपमा निषेध गर्न सचेतनामूलक र निगरानी कार्यक्रम संचालन गरिने छ ।
६ वातावरण मन्त्रालयसंगको सहकार्यमा वडा नं। ३ को पाटेनागी क्षेत्रमा वायु प्रदुषण मापन केन्द्र स्थापना गरिने छ ।
७ मेरो हरित विद्यालय कार्यक्रम अन्तर्गत प्रत्येक वडाको एक विद्यालयमा सूचकका आधारमा पुष्प बगैंचा र सरसफाइका कार्यहरु संचालन गरिने छ ।
८ माइखोला, पुवाखोला र ६ नं वडाको गुम्बा शवदाहवेदिका क्षेत्रमा गरिने दाहसंस्कारमा टायरको प्रयोगलाई निरुत्साहितका लागि सचेतनामूलक सूचना बोर्ड र बैकल्पिक उपायको प्रयोगका लागि स्थानीय बन उपभोक्ता समुह तथा वन पैदावर व्यवसायी संघसंग सहकार्य गरिनेछ ।
९ बढ्दै गएको शहरीकरणका कारण बृद्धि हुंदै गएको फोहोर उत्पादनको व्यवस्थापनका लागि वडाहरुको समन्वयमा फोहोरमैला संकलन केन्द्रका लागि उपयुक्त स्थान पहिचान गरिनेछ ।
१० Environment & Public Health Organization (ENPHO) संगको सहकार्यमा नगरको ढल व्यवस्थापनका लागि Shit Flow Diagram मा आधारित भएर कार्यविधि बनाईने छ ।
११ ढलमा दिसाजन्य लेदो मिसाउने दण्डनीय कार्यलाई बन्द गर्न नियमित अनुगमन गरी जरीवाना गरिनेछ ।
१२ नगरको पहिचानका लागि रेडपाण्डाको संरक्षण अभियान अन्तर्गत Redpanda  Network संगको सहकार्यमा पाटेनागी क्षेत्रमा रेडपाण्डा संरक्षण कार्यक्रम संचालनका लागि समिति गठन गरि अभिमुखीकरण गरिनेछ
१३ जोगाऔं जमिन जोगाऔं जंगल अभियान अन्तर्गत बन उपभोक्ता समितिको बार्षिक योजनामा सडकको दायाँबायाँ र भिरालो जग्गामा बृक्षारोपणको कार्यक्रम अनिवार्य रुपमा समावेश गर्ने व्यवस्था गरिनेछ ।
१४ चक्रिय आर्थिक प्रणाली मार्फत स्थानीय जनजीविका उत्थान कार्यक्रम अन्तर्गत बनस्पति कार्यालयसंगको सहकार्यमा नगरको उत्तरी क्षेत्रमा ९ वडा नं १ र ३० लोक्ता खेती र जडीबुटीको पकेट क्षेत्र पहिचान गरिने छ ।
१५ डिभिजन बन कार्यालय संगको समन्वयमा सामुदायिक वन उपभोक्ता समितिको बार्षिक योजनामा वन्यजन्तुको आहाराको रुपमा प्रयोग हुने फलफुलका विरुवा रोपण तथा संरक्षण कार्यक्रम अनिवार्य रुपमा समावेश गर्न लगाइनेछ ।
१६ सन्ततिका लागि पानीका स्रोत बचाऔंकार्यक्रम अन्तर्गत ऐतिहासिक महत्व बोकेका खानेपानीका मुहान, धारा,कुवा, पोखरी र सिमसार क्षेत्रहरुको संरक्षणका लागि एकीकृत लगत तयार गरिनेछ
१७ जलवायु परिवर्तनका असरहरु न्यूनीकरण गर्न तथा स्थानीय अनुकुलता हासिल गर्न सहयात्रा नेपाल र Patkritif Resources Centre संगको सहकार्यमा स्थानीय जलवायु अनुकुलन योजना तयार गरि लागू गरिने छ ।
१८ इलाम नगरपालिका, क्यानेडियन राजदुतावास र NCDC वीचको सहकार्यमा इलाम नगरपालिका वडा नं११ सोयाकको बेलासेमा जलवायु अनुकुलन नमूना गाउँ निर्माण गरिनेछ ।
१९ विपदको पूर्वतयारीका लागिनेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन, रेडक्रस सँगको समन्वयमा विपदको अवस्थामा तत्काल उद्धारका लागि Quick Response Team  निर्माण गरीने छ ।
२० वडा स्तरीय, नगर स्तरीय र जिल्ला स्तरीय विपद व्यवस्थापन समितिलाई समावेश गरि विपद जोखिम सूचना व्यवस्थापन प्रणाली तयार गरिनेछ ।
२१ आपतकालीन कार्यसञ्चालन केन्द्रलाई आवश्यक सामग्रीहरु थप गरी जिल्लार केन्द्र सँग जोड्ने र विपद उद्वारका लागि आवश्यक न्यूनतम सामग्री तयारीअवस्थामा राखिनेछ ।
२२ नेपाल आर्मीसँगको सहकार्यमा रात्रीकालिन हेलिकप्टर सेवाका लागि हेलिप्याड निर्माण स्थलको पहिचान गरिनेछ ।
२३ विपद जोखिम न्यूनीकरणका लागि नगर क्षेत्रभित्रका खुला क्षेत्रहरु पहिचान गरी लगत अद्यावधिक गरिनेछ
२४ वीमा गरिएका निजी घररभवनहरुको नक्शा पास दस्तुरमा १० प्रतिशत छुट दिइने छ ।
२५ उत्थानशील शहर निर्माण अभियान (MCr\ 2030f\ Campaign) को सदस्यका रुपमा रहेको इलाम नगरपालिकालाइ ग्ल्म्च्च् क्अयचभअबचम बमोजिमका कार्यहरु योजनाबद्ध रुपमा सम्पादन गर्दै उत्थानशील सहरका रुपमा विकास गर्न MCR Implementation Plan तयार गरिने छ।

५ सुशासन तथा संस्थागत विकास
१। नगरपालिकाका नीति, योजना तथा कार्यक्रमहरुको तर्जुमा एवं कार्यान्वयनमा विषयगत विज्ञहरुको ज्ञान, सीप र अनुभवको उपयोग गर्न विज्ञहरुको रोष्टर तयार गरि विज्ञ उपयोग गर्ने नीति अबलम्वन गरिने छ ।
२ प्रविधिमा आधारित प्रशासन, संस्थागत दक्षता र सुशासन कार्यक्रम अन्तर्गत निम्न कार्यहरु गरिने छ ।
क नगरपालिकाका सबै शाखा र वडा कार्यालयका कार्यहरुलाइ एकीकृत सफ्टवेयर मार्फत सम्पादन गर्ने व्यवस्था मिलाइने छ ।
ख कर्मचारी तथा शिक्षकहरुको समय पालनालाइ सहज बनाउन विद्युतीय हाजिरी जडान गर्न बाँकी वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयहरुमा विद्युतीय हाजिरी प्रणाली जडान गरिने छ ।
ग तथ्यमा आधारित नीति र योजना तर्जुमाको आधार तयार गर्न नगरका सबै विषय क्षेत्रहरुलाइ समेट्ने गरि एकीकृत तथ्याङ्क एवं सूचना प्रणाली स्थापनाका लागि NCDC संगको सहकार्यमा Spatial based digital Profile   निर्माण गरिने छ ।
घ नगरका सबै शाखा र वडा कार्यालयसंग सम्वन्धित बार्षिक नीति तथा कार्यक्रम बमोजिमका कार्यहरुको अनलाइन प्रगति अनुगमन गर्न सफ्टवेयरमा आधारित कार्यसम्पादन प्रगति अनुगमन प्रणाली प्रयोगमा ल्याइने छ ।कार्य सम्पादनमा उत्कृष्ट शाखा, वडा र कर्मचारीलाइ पुरस्कृत र सम्मान गर्ने व्यवस्था मिलाइने छ
ङ राजस्वको न्यून मूल्याङ्कन वा चुहावट हुन नपाउने गरि सफ्टवेयरमा स्वचालित रुपमा राजस्व गणना हुने व्यवस्था मिलाइने छ ।
च घर नक्शापास सेवालाइ सफ्टवेयरमा आधारित बनाएर क्रमशस् एबउभचभिकक बनाउदै लगिने छ । घर नक्शापासका सेवाग्राहीले आफ्नो फायल कुन प्रकृयामा छ भन्ने जानकारी अनलाइनबाट नै लिन सक्ने व्यवस्था मिलाइने छ ।
३ पत्रकारिता क्षेत्रमा कृयाशील भइ योगदान दिने पत्रकारहरुलाइ पुरस्कृत गर्न पत्रकारिता पुरस्कार कोषको व्यवस्था गरिने छ ।
४ घर भवन रहेको क्षेत्र, सडकको प्रकार, घरको प्रकृति समेतका आधारमा बहालकर प्रयोजनका लागि घरबहालको वैज्ञानिक न्यूनतम बहाल रकम निर्धारण गरिने छ ।
५ राजस्वका दरहरुमा बृद्धि गर्ने भन्दा दायरामा विस्तार र चुहावट नियन्त्रण गरि राजस्वको आधार बृद्धि गर्ने रणनीति अबलम्बन गरिने छ ।
६ उत्कृष्ट करदाताहरु लाइ मासिक र बार्षिक रुपमा सम्मान गर्ने व्यवस्था मिलाइने छ ।
७ जन प्रतिनिधी र कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि तालिम तथा प्रशिक्षण कार्यक्रम संचालन गरिने छ
८ आगामी आर्थिक बर्षका नीति तथा कार्यक्रमहरु सार्वजनिक, निजी, गैरसरकारी तथा सामुदायिक संघ संस्था र निकायहरु संगको सहकार्यमा कार्यान्वयन गर्न प्राथमिकता दिइने छ ।
९ मानव अधिकार मञ्च संगको सहकार्यमा न्यायिक समिति तथा वडा मेलमिलाप केन्द्रका सदस्यहरुलाइ पुनर्ताजगी तालिम प्रदान गरिने छ ।
१० नगरका गतिविधिहरुलाइ नगरवासी र सरोकारवालाहरु सम्म संचारण गर्न नगर गतिविधि बुलेटिन प्रकाशन गरिने छ ।

प्रस्तुतकर्ता
विष्णु कुमारी लिम्बू दाहाल
उपप्रमुख इलाम नगरपालिका
मिति २०८०/०३/०९

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार