सडकमै चालकसँग १ मिनेट ट्राफिक सचेतना कार्यक्रम


सेवारो खबर  122 पटक हेरिएको

इलामः जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा जिल्लाको विभिन्न स्थानमा सडकमै चालकसँग १ मिनट ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

ट्राफिक प्रहरी सचेतनामुलक कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत ईकाइले निरन्तर रूपमा कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ ।

जिल्लाको विभिन्न स्थानमा ट्राफिक प्रहरी ईकाइले सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा वर्षातको समयमा हुस्सु बढी लाग्ने भएकोले गति सिमित गर्ने, फग लाईट बालेर गाडी चलाउने, ड्राइभिङ गर्दा रक्सी र लागूपदार्थ सेवन नगर्ने जानकारी गराइएको छ ।

घुमाउरो बाटोहरूमा सावधानि पुर्वक चलाउने, सिटबेल्ट लगाएर मात्र चलाउने, क्षमता भन्दा बढी यात्रुहरू नबोक्ने, प्रयोजन विपरीत सवारी साधनहरु नचलाउने, सवारी दुर्घटना न्युनिकरण सम्बन्धी ट्राफिक नियम सम्बन्धी प्रशिक्षित गराइएको छ ।

इलाम नगरपालिका ९ शेरा र बिब्ल्याटे बजारमा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक विपन विश्वकर्माको कमाण्डमा ट्राफिक प्रहरी सहित संयुक्त रुपमा “चालकसँग १ मिनेट’’ अभियान कार्यक्रम निरन्तर रूपमा भई रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार