संघर्ष समितिले झापाका सरकारी कार्यालयमा लेखिएको प्रदेशको नाम कोशी मेट्यो र लेख्यो १ नम्बर प्रदेश


सेवारो खबर  1123 पटक हेरिएको

झापाः प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति झापाले आइतबार जिल्लाकोे विभिन्न सरकारी कार्यलयमा लेखिएको कोशी शब्द मेटेर १ नम्बर प्रदेश लेखेको छ ।

संयुक्त संघर्ष समिति झापाले बिर्तामोड र भद्रपुर नगरपालिकाको सरकारी कार्यालयको बोर्डमा लेखिएको प्रदेशको नाम कोशी शब्द मेटेर सो ठाउँमा १ नम्बर प्रदेश लेखेको किरात याक्थङ चुुम्लुङका जिल्ला अध्यक्ष सेसेहाङ फियाकले जनाएका छन् ।

संघर्ष समितिले विर्तामोड नगरपालिकाको कार्यालय, यातायात कार्यालय, बिर्तामोड नगरपालिका वडा नम्बर १ को कार्यालय, भद्रपुर नगरपालिकामा रहेका प्रदेश अनुसन्धान तथा कृषि प्रशिक्षण कार्यालय, आर्वेदिक स्वास्थ्य कार्यालय, खानेपानी कार्यालय, कृषि शाखा, साना घरेलु उद्योग कार्यालयको बोर्डमा लेखिएको प्रदेशको नाम कोशी शब्द मेटेर सो ठाउँमा १ नम्बर प्रदेश लेखेको किरात याक्थङ चुुम्लुङका जिल्ला अध्यक्ष सेसेहाङ फियाकले जनाएका छन् ।


कार्यालयमा राखिएका बोर्डलाई तोडफोड नगरी कोशी शब्द मात्रै मेटाएर १ नम्बर प्रदेश लेख्नुका साथै अधिकांश बोर्डमा नो कोशी समेत लेखिएका छन् ।

विगत ४ महिनादेखि चल्दै आएको पहिचानको आन्दोलनलाई प्रदेश सरकारले वेवास्ता गरी दमन गर्ने नीति मात्र लिएर अघि बढेको कारण चेतावनी स्वरुप यसप्रकारको सांकेतिक आन्दोलन गरिएको संयुक्त संघर्ष समिति झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार