इलाममा याक्थुङ भाषा लिपी तथा सिलाम साक्मा प्रशिक्षण सम्पन्न


सेवारो खबर  142 पटक हेरिएको

इलामः इलाममा किरात लिम्बू/याक्थुङ लिपी तथा सिलाम साक्मा प्रशिक्षण सोमबार सकिएको छ ।

इलाम नगरपालिकाको आर्थिक सहयोगमा किरात याक्थुुङ चुम्लङ इलाम नगरपालिकाको आयोजना प्रशिक्षण सम्पन्न भएको हो ।

प्रशिक्षणमा भाषाको विकासमा समुदायसँगै व्यक्तिले कसरी काम गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराइएको थियो ।
लिम्बू विद्यार्थी मञ्च इलामको व्यवस्थापन र बुलन्द मल्टी टेक्निकल प्राइभेट लिमिटेडको प्राविधिक सहयोग भएको प्रशिक्षणमा सिलाम साक्मा बनाउँने सिकाइएको थियो ।

प्रशिक्षणमा लिम्बुहरूको सास्कृतिक पहिचान सिलाम साक्सा प्रयोगसँगै आय आर्जनमा समेत उपयोग गर्दै आय आर्जनको स्रोत जटाउँ सकिने जानकारी गराइएको थियो ।

प्रशिक्षणमा किरात याक्थुुङ चुम्लङ जिल्ला अध्यइा बुुद्ध माया सोङ्मी, यामप्रसाद लिम्बू, बखत आङदेम्बे, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद इलामका अध्यक्ष अभिषेक येक्तेन, सचिव याम राई, बालकुमारी देवान, सहसचिव रञ्जिता जिमी, लिम्बु विद्यार्थी मञ्चका केन्द्रीय उपाध्यक्ष राम लिङदम, मञ्चका विक्रम फागो लगायतले सहजिकरण गरेका थिए ।

किरात याक्थुुङ चुम्लुुङ इलाम नगर अध्यक्ष राम लिङ्दम लिम्बूको अभ्यक्षतामा भएको कार्यक्रममा विभिन्न समुदायको विद्यार्थी, अविभावक लगायतको ५० जना वढीको सहभागिता रहेको सचिव विक्रम फियाक लिम्बूले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार