प्रदेश नाम ‘कोशी’ प्रयोग नगर्न संयुक्त संघर्ष समितिको आव्हान

विरोध कार्यक्रममा १ सहिद, एक सय ५० बढी घाइते, १५ बढीलाई झूटा मुद्दा


सेवारो खबर  148 पटक हेरिएको

इलामः प्रदेश नं. १ पुनः नामाङ्न संयुक्त सङ्घर्ष समितिले प्रदेशको नाम ‘कोशी’ प्रयोग नगर्न सरोकारवाला सबैसँग आव्हान गरेको छ ।

सघर्ष समितिले असार २० गते बुधबार प्रेस विज्ञप्ती जारी गर्दै प्रदेशभर रहेका सार्वजनिक, नीति, संघ संस्था, जनप्रतिनीधिलाई नागरिकको पहिचान नामेट पार्ने प्रदेशको नाम कोशी प्रयोग नगर्न अनुरोध गरेको छ ।

‘प्रदेशका सम्पूणर् जनप्रतिनिधिहरू, सरकारका सचिव, सहसचिव, उपसचिव, प्रमुख प्रशासकीय अधिकृत, शाखा अधिकृत लगायत सबै पक्षलाई प्रदेशको नाम कोशी उल्लेख नगरिदिन समेत यसै विज्ञप्ति मार्फत अनुरोध गर्दछौँ’-विज्ञप्तीमा उल्लेख छ ।

‘आदिवासी जनजातिमा सूचीकृत ६० वटा सामाजिक (जातीय) संस्था, नेपाल आदिवासी जनजाति महासङ्घ, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ, महिला महासङ्घ लगायत सङ््गठनहरूको प्रदेश, जिल्ला, पालिका र वडा वडालाई यस्तो नियतले दिने बजेट बहिष्कार गर्न र कार्यक्रम गर्नै परे ब्यानर, प्रमाणपत्र र छापमा कोशी नचलाउन यसै विज्ञप्ति मार्फत आव्हान गर्दछौँ’-भनिएको छ ।

किरात याक्थुङ चुम्लङका प्रेम येक्तेन, नेपाल आदिवासी जनजाति महासंघका ग्याल्जे शेर्पा, पहिचान सहितको प्रदेश न १ पुन नामाङ्कन अभियान समितिका डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खाका जीवन हाताचो राई नेपाल शेर्पा संघका लाक्पा सेर्पा ले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ, -‘ प्रदेश नं. १ पुनः नामाङ्न संयुक्त सङ्घर्ष समिति निरन्तर आन्दोलनमा छ । कोशी लेखिएको बोर्ड, लेटर प्याड र छाप नचलाउन सरकारी कर्मचारी र जनप्रतिनिधिहरूलाई सचेत गराउँदै आएका छौँ । अटेर भएका स्थानमा हटाउने, च्यात्ने काम हुँदै आएको छ । यस्तो अवस्थामा सङ्घ, प्रदेश, स्थानीय तहहरूबाट बजेट दिएर कार्यक्रम गर्न लगाइ ब्यानर, प्रमाणपत्रहरूमा कोशी लेखाउने नियत देखिएको छ ।’

‘कोशी नामको लागि हस्ताक्षर दिने ८२ प्रदेश सांसद र पहिचानवादी शक्तिलाई आङ्ककारी आरोप लगाउने र साम्प्रदायिकता भड्काउन उद्धत पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व सङ्घीय मन्त्री योगेश भट्टराईलाई कालो झण्डा देखाउने लगायतको स्वतःस्फूर्त जनताले विरोध गर्दै आएका छन्’-विज्ञप्तीमा उल्लेख छ ।

हिक्मत कार्की नेतृत्वको सरकारको पहलमा प्रदेश नं. १ का गत २०७९ फागुन १७ गते प्रदेशको नाम कोशी राख्ने पास भएको छ । यसको विरोधमा संघर्ष समितिको नेतृत्वमा उत्रिएका पहिचानवादीको तफबाट ४२ वर्षका पदमकुमार लिम्बू ‘लाजेहाङ‘ सहिद भइसकेका छन् ।

प्रहरीको गोली लागेका गजेन्द्र लिम्बूसहित एक सय ५० बढी घाइते भएका छन् । एक जना झुटो मुद्दा लगाएर पुर्पक्षमा थुनामा जेलमा छन् भने १५ बढीलाई जुटा मुद्दा लगाइएको छ ।

संघर्ष समितिको विज्ञप्ती :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार