चुलाचुलीका पत्रकार देविप्रसाद पौडेल पुरस्कृत


सेवारो खबर  158 पटक हेरिएको

इलामः प्रेस सेन्टर इलामले स्थापना गरेको कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कारबाट चुलाचुलीका पत्रकार देविप्रसाद पौडेल पुरस्कृत भएका छन् ।

पैडेललाई प्रमाण पत्र सहित नगद ५ हजार पुरस्कार प्रदान गरिएको जनाइएको छ ।

पौडेललाई इलाम नगर उपप्रमुख बिष्णु लिम्बु दाहाल र इलाम नगर प्रवक्ता नुतनदेव दुलालले सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरे ।

सेन्टरले इलामको हरेक बर्ष ग्रामिण क्षेत्रमा रहेर पत्रकारितामा क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्ने जानकारी दिएको छ ।

पौडेल विगत ६ बर्ष देखि चुलाचुलीमा पत्रकारिता क्षेत्रमा क्रियाशिल रहँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार