सञ्चारिका समूह इलामको अध्यक्षमा सिर्जना


सरिता राई  165 पटक हेरिएको

इलामः सञ्चारिका समूहले इलाम शाखा अध्यक्षमा सिर्जना श्रेष्ठलाई छनौट गर्दै आइतबार पुर्नगठन गरेको छ ।

समहले उपाध्यक्षमा तारा खाती कोषाध्यक्ष सुनिता मगर, सचिव सरिता राई सहिवतको ७ सदस्यीय समूह गठन गरको जनाएको छ । यस्तै सल्लाहकारमा निवर्तमान अध्यक्ष कोकिला ढकाल र बुद्दमाया सोङ्मी छानेको छ ।

महिला पत्रकारहरुको क्षमता अभिवृद्दिको क्षेत्रमा लामो समयदेखी काम गरिरहेको सञ्चारिका पुर्नगठन भएको हो ।

२५ वर्षदेखि विशुद्ध महिला पत्रकारको क्षमता अभिवृद्दी गर्दै आएको संस्थाले जिल्लामा १६ वर्षदेखि काम गर्दै आएको छ ।
१६ वर्षदेखि कृयाशिल रूपमा काम गर्दै आए पनि जिल्लमा महिला पत्रकार पलायन भएकाले निष्क्रिय रहेको निवर्तमान अध्यक्ष कोकिला ढकालाले जानकारी गराइन् ।

समूहले पत्रकारिताको क्षेत्रमा महिलाको भूमिका भन्ने विषयमा काम गर्दै आएको र देशैभरी विभिन्न परियोजना मार्फत रेडियोसँग काम गर्दै आएको केन्द्रिय अध्यक्ष बिमला तुम्खेवाले बताईन । साथै उनले नयाँ निर्वाचित समुहले आगामी दिनमा सकृय भएर काम गर्ने आशा समेत राखिन ।

पुनर्गठनमा पत्रकार महांसघका सचिव भिम चापागाईले समूहले विभिन्न क्षेत्रमा महत्वपूणर् काम गर्दै आएको बताए । उनले नवगठित समुह संख्या कम भएपनी क्रियाशिल रहेकाले सक्रिय रुपमा अघि बढोस भन्ने शुभकामना व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार