इलामः ईलाममा तीन जिल्लाका स्थानीय पालिकाको न्यायिक समितिको कार्य सम्पादन कार्यशाला सम्पन्न भएको छ । मानव अधिकार मन्च नेपाल इलामले खोटाङ्ग, ताप्लेजुङ र भोजपुर जिल्लाको कार्यशाला सम्पन्न गरेको हो ।
पाँच दिनसम्म सञ्चालन भएको कार्यशालामा न्यायिक समितिले कार्य सम्पादन गर्दा अपनाउनु पर्ने प्रकृयाका विषयमा अभ्यास मूलक सीप, न्यायिक समितिको भूमिका, विद्यमान कानून र न्यायिक समिति, विवाद, मेलमिलाप र प्रकृया जस्ता विषयमा जानकारी गराइएको मञ्ले जनाएकाे छ ।
स्थानीय पालिकाको न्यायिक समिति संयोजक, सदस्य र उजुरी प्रशासक सहभागी कार्यशालामा न्याय सम्पादनको क्रममा आउने समस्याको विषयमा समेत छलफल गरिएको कार्यक्रम संयोजक पारसा राईले बताए ।
कार्यशालाले अबको न्यायिक समितिको कार्य सम्पादन नीतिगत र सहज हुँने बताए । आफुहरूमा भएको बुझाईलाई व्यवस्थित रूपमा अगाडी बढाउन कार्यशालाले सहयोग गरेकाे जानकारी गराए ।
मानव अधिकार मञ्च नेपाल इलामको अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता जसबहादुर लुङ्गेली, जिल्ला अदालत इलामका जिल्ला न्यायाधिस दिपककुमार दाहाल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्मा, योगराज सापकोटा, मनकुमार बराईली, लगायतले सहजीकरण गरेका थिए ।