लैङ्गिकता सम्बन्धि समान बुुझाई निर्माण गर्न गैर द्विसांख्यिक शैक्षिक कार्यक्रम


सरिता राई  226 पटक हेरिएको

इलामः विद्यालयस्तरमै बालबालिकामा लैङ्गिकता सम्बन्धि समान बुझाई निर्माण गर्न गैर द्विसांख्यिक शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको छ ।

फेडरेसन रिपब्लिक अफ जर्मनको सहकार्य र गेहेन्द्र धिमाल फाउण्डेसनले देशै भरी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कार्यक्रम मार्फत मानिसहरूमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको विषयको बुझाईमा सहयोग पुर्‍याई उनिहरूमा भएको गलत अवधारणालाई चुनौति दिनको लागि परियोजना सञ्चालन गरेको फाउण्डेसनले जनाएको छ ।


पहिलो चरणमा प्रदेशको एउटा माध्यमिक विद्यालयका विद्यार्थीमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको विषयमा जानकारी गराउने उद्देश्यले तीन दिवसीय कार्यशाला सञ्चालन गरिरहेको फाउण्डेसनका सविन बस्नेतले जानकारी गराए ।

विद्यार्थीहरूलाई लैङ्गिकता, लैङ्गिक विभेद, लैङ्गिक अभिव्यक्ति, लैङ्गिक मान्यता र लैङ्गिक पहिचानको विषयमा जानकारी दिने कार्यशालामा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको विषयमा समान बुझाई निर्माण गर्न लघु चलचित्र समेत देखाइने कार्यक्रमका लागि सदभावना दुत एलिज घिमिरेले जानकारी गराए ।

कोशी प्रदेशका लागि विराटनगर पोखरिया माध्यमिक विद्यालयमा भएको कार्यक्रमले लैङ्गिक तथा यौनिक अल्पसंख्यकको बुझाईमा सकारात्मक बनाउँदै उनिहरूलाई समाजकै सदस्यको रूपमा व्यवहार गर्न बुझाईको जानकारी भएको सहभागी विद्यार्थी एलिना घिमिरेले बताइन् ।

यस्तै मधेस प्रदेशको पर्सा बिरगञ्चको कञ्चनजंघा अंग्रेजी विद्यालय र मुनलाइट अंग्रेजी विद्यालयमा समेत तीन दिने कार्यशाला सम्पन्न भएको छ ।


कोशी प्रदेशमा भएको कार्यक्रममा फाउण्डेनको सबिन बस्नेत, रितिका भट्टराईको उपस्थितिमा सदभावना दुत सरिता राई र एलिज घिमिरेले सहजिकरण गरेका थिए ।

मधेश प्रदेशमा भएको कार्यक्रम सदभावना दुत चेतना केसी र सन्दिप श्रेष्ठले सहजिकरण गरेको परियोजनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार