इलामः किरात याक्थुङ चुम्लुङ इलामले विभिन्न कार्यक्रम गर्दै आइतबार ३५ औं स्थापना दिवस मनाएको छ ।
माम्मा फिपरानी स्मृति प्रतिष्ठानको व्यवस्थापन इलाम नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा सबै समुदायको पहिचानलाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापाले राज्यले सबै समुदायको पहिचानलाई सम्मान गर्न सकेमा सबैको विकास हुने बताए ।
नगर प्रमुख थापाले विकासले सामुदायिक विकासलाई सम्बोधन गर्नुपर्नेमा जोड दिदै भने सबै समुदायको विकास गर्न सके मात्र सार्थक विकास हुने बताए ।
प्रमुख जिल्ला अधिकार श्रवणकुमार पोख्रेलले सबै समुदायको पहिचानलाई विकास गर्न सकेको खण्डमा मात्र समग्र विकास हुने बताए । उनले सबै खालको पहिचानको विकासले मात्र दीगो विकास हुँने भएकाले राज्यको नेतृत्वले यो विषयलाई ध्यान दिनुपर्नेमा जोड दिए ।
किरात याक्थुङ चुम्लुङका संघीय सल्लाहकार मोहनसिं थेबेले विकासमा सहअस्तित्वका लागि सम्पूर्ण आदिजासी जनजातिको विकासलाई सरकारले सम्बोधन गर्नु पर्ने बताए । उनले पहिचानको आन्दोलनले सप्तरङ्गी समाजको निर्माण गर्न जोड दिने जानकारी समेत गराए ।
प्रदेशको नाम खारेज गरी पहिचानको आधारमा लिम्बुवान किरात नामाकरणको माग गर्दै भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रकाश जबेगु, आदिवासी जनजाति महासंघ इलामका अध्यक्ष अभिषेक येक्तेन, किरात राई यायोक्खा लगायतको आदिवासी जनजाति सम्बद्ध संघ संस्थाको प्रतिनीधिहरूको उपस्थिती रहेको थियो ।
रोपाई जात्रासँगै भएको कार्यक्रममा लिम्बुहरूको सांस्कृतिक च्याब्रङ नाच, साँझमा धान नाच राती अबेरसम्म भएको थियो ।
तीन विद्यार्थीलाई २० हजार छात्रबृत्ति
किरात याक्थुङ चुम्लुुङ इलामकी अध्यक्ष बुद्धमाया सोङमीको अध्यक्षतामा भएको कार्यक्रममा नियमित रूपमा प्रदान गर्दै आएको छात्रबृत्ति समेत बितरण भएको थियो ।
किरात याक्थुङ चुम्लुङ याक्थुङ सहयोग कोषको तर्फबाट देउमाई नगरपालिका ७ खान्द्रुङ माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यायनरत सोनिका लिम्बू र इलाम नगरपालिका ५ बारबोटे अमर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत पुजन लिम्बूलाई जनही पाँच पाँच हजार हजार सहित सम्मान प्रत्र पदान गरिएको छ ।
किरात याक्थुङ चुम्लुङ इजरायल कल्याण कोषको तर्फबाट इलाम नगरपालिका ११ बालकन्या माध्यमिक विद्यालयमा अध्ययनरत बेबिसा लिम्बूलाई नगर १० हजार सहित सम्मान पत्र प्रदान गरिएको छ ।