इलामः भन्सार छलि ल्याउँदै गरेको अबैध सामान प्रहरीले सोमबार इलामको गोलाखर्क भज्याङबाट बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय इलामले पाँच लाख ११ हजार २ सय २० बराबरको भन्सार छलि ल्याउँदै गरेको सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले इलाम नगरपालिका वडा नं. ९ गोलाखर्क भंज्याङ स्थित मेचि राजमार्गमा चेकजाँच गर्ने क्रममा अबैध सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
चेकजाँचका क्रममा मे १ ज २०६६ नम्बरको अन्दाजी तीन लाख बराबरको बोलेरो गाडी समेत बरामद गरेको छ ।
दुई लाख ४ हजार एक सय ४० बराबरको विभिन्न खालको कपडा, ८ हजार बराबरको ८० किलोग्राम भएको ४ पोका प्लाष्टिकको झोला, ८ हजार बराबरको २ सय थान ४ कार्टुन बिजुलीको बल्भ, १९ हजार बराबरको ३६ जोर शेगा कम्पनीको जुत्ता बरामद गरको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गाडीमा ल्याउँदै गरेको ३ सय ४९ मिटर अन्दाजी २७ हजार ९ सय २० बराबरको १० थान डस्नाको खोल, अन्दाजी ६ हजार बराबरको १५ थान डबल बेडको तन्ना, ३ हजार ९सय बराबरको ३९ मिटर चोलो थान कपडा, ६ हजार बराबरको ३० थान रेडिमेट ब्लाउज, ६४ हजार बराबरको ३२ सय मिटर ८९ थान पुजाको थान कपडा ६८ हजार ४ सय बराबरको २ सय २८ मिटरको १९ थान सटिङ सुटिङको कपडा बरामद गरको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विपन विश्वकर्माले जानकारी गराए ।
चेकजाँचका क्रममा मे १ ज २०६६ नम्बरको गाडिमा जुम्ला जिल्ला हिमा गाउँपालिका वडा नं. १ बस्ने बर्ष ४७ को पुणर् शाहीलाई समेत नियन्त्रणमा लिइएको जनाइएको छ ।
शाहीले पशुपतिनगरको नेपाल भारत खुल्ला सिमा नाकाको प्रयोग गरी भारतबाट भन्सार छलि ल्याउदै गरेको बरामद सामान गाडि सहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पशुपतिनगर इलाममा बुझाईएको बताइएको छ ।