७० हजार बराबरको अबैध मदिरा बरामद


सेवारो खबर  72 पटक हेरिएको

इलामः सूर्योदय नगरपालिकाको मानेभञ्ज्याङबाट नेपाल प्रहरीले अबैध मदिरा बरामद गरेको छ ।

मानेभन्ञ्याङ बजार घोडाबाट प्रहरी सहायक निरीक्षक सुर्य तामाङ मोक्ताङको नेतृत्वको प्रहरी टोलीले ७० हजार मुल्य बराबरको आठ काटुन रक्सी बरामद गरेको हो ।

बेवारिसे अवस्थामा रहेको हनी बी प्रिमियम ब्राण्डी रक्सी बरामद गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरिक्षक राजेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार सो मदिरा भित्रियाउने ब्यक्तिको खोजी भइरहेको छ ।

फेला परेको अवैध मदिरा कानूनी प्रकृया पुरा नष्ट गर्ने तयारी भएको जनाइएको छ । सिमावर्ती क्षेत्रबाट ठुलो परिमाणमा रक्सी बरामद हुने गरेको भएपनि प्राय ब्यक्ति भने प्रहरीले फेला पार्न नसकेको बताउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार