इलामः इलामको माइजोगमाई गाउँपालिकाको तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको इन्टेग्रीटी आइकन नेपाल २०१९ अवार्ड रद्द भएको छ ।
घटनाको जिम्मेवारी लिने प्रतिबद्धता सहितको जवाफ पाएपछि संस्थाको निणर्ण बमोजिम अवार्ड रद्द गरेको जनाइएको छ ।
अकाउन्टबिलिटी ल्याब नेपालले बिहिबार विज्ञप्ती जारी गर्दै, सामाजिक सञ्जालसँगै समाचारमा आएको अमर्यादित गतिविधीको दृष्य सामग्रीमा संस्थाको नाम जोडिएर आएकोले अवार्ड रद्द गरेको हो ।
इलामको माइजोगमाई गाउँपालिकाको तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राई र सहकर्मी कर्मचारीको कार्यकक्षमै अमर्यादित गतिविधी गरेको दृष्य सामग्री सार्वजनिक भएपछि संस्थालाई समेत प्रश्न उठकोले अवार्ड रद्द गरेको अकाउन्टबिलिटी ल्याब नेपालका सहायक निर्देशक सुरेश चन्दले सेवारो खबरलाई जानकारी गराए ।
इन्टेग्रिटी आइकन नेपाल भ्रष्ट आचरण, अमर्यादत व्यवहार र गैर जिम्मेवारीपूणर् कार्यको कदापी समर्थन गर्दैन विज्ञप्तीमा भनिएको छ ।
अधिकृत राईलाई इलामकै चुलाचुुली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहँदा इन्टेग्रीटी आइकन नेपाल २०१९ अवार्डले सम्मान गरेको थियो ।
संस्थाले सन २०१४ देखि सार्वजनिक प्रशासनका क्षेत्रमा उकृत्ट कर्मचारीलाई हरेक वर्ष पाँच जनालाई अवार्ड प्रदान गर्दै आएको छ । मनोनयको आधारमा मर्यादित अनुशासित जिम्मेवार लगायतको आचरण र कामको आधारमा छनौट समितिले गरेको सिफारिसका आधारमा अवार्ड दिने गरेको सहायक निर्देशक चन्दले जानकारी गराए ।
विज्ञप्ती: