इलाममा विभिन्न कार्यक्रम गर्दै २० औं निजामती सेवा दिवस मनाइयो


सुनिता खालिङ राई  134 पटक हेरिएको

इलामः इलाममा विभिन्न कार्यक्रम गर्दै शुक्रबार २० औं निजामती सेवा दिवस, २०८० मनाइएको छ । “व्यवशायिक र सिर्जनशिल प्रशासन: बिकास समृद्धि र सुशासन” नाराका साथ जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा दिवस मनाइएको हो ।

दिवसका अवसरमा विहान ७ बजे इलाम अस्पतालमा फलफुल बितरण, कर्मचारी युनियनद्वारा २० थान म्याट्रेस बितरण, ८ बजे जिल्ला प्रशासन परिसरमा औषधिजन्य बृक्ष रोपण कार्यक्रम गरेको छ ।

जिल्ला न्यायाधीश दिपकुमार दाहालको प्रमुख आथित्यतामा औपचारिक कार्यक्रम गर्दै राष्ट्रसेवक कर्मचारीहलाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका तीन सहित १५ जना कर्मचारीलाई नगर पुरस्कार सहित सम्मान गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी यादव राउतले जानकारी गराए ।


सम्मानित हुनेमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत यावद रातउ, नायव सुब्बा नित्यानन्द घिमिरे र यामबहादुर तामाङ रहेका छन् ।

दिवसकै दिन शुक्रबार जिल्लाको सवै सरकारी कार्यालयमा बिहान पहिलो पटक १० बजे सेवा लिन आउने पहिलो २ सेवाग्राहीलाई स्वागत तथा सम्मान समेत गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलको सभापतित्व भएको कार्यक्रममा विभिन्न स्थानीय तह तथा कार्यायलका कर्मचारी सम्मानित भएका छन् ।

भाद्र २२ गते निजामती ऐन ल्याएको दिन
नेपालमा हरेक बर्षको भाद्र २२ मा देशभरि बिभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाइन्छ ।

बि.सं. २०६२ सालवाट यस दिवसको शुरुवात भएको हो, बास्तवमा तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यले बिसं २०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो ।

देश चलाउन प्रशासन चाहिन्छ अनि सरकारी रुपमा नियूक्त प्रशासक या भनौ कर्मचारीले दिने सेवाको आज दिवस हो, निजामती दिवस ।

दिवसका दिन सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट निजामती कर्मचारीलाई पुरस्कृत गर्ने, पूर्व कर्मचारी अर्थात सेवानिवृतलाई पनि सम्मान गर्ने आदि बिभिन्न निजामती कर्मचारीलाई उत्साहीत र प्रेरित गर्ने कार्यक्रमहरु आयोजना हुने गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार