सूचनाको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न


सेवारो खबर  451 पटक हेरिएको

इलामः राष्ट्रिय सूचना आयोगले इलाम नगरपालिकामा बुधबार सूचनाको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानीय तहका जनप्रतिनीधि कर्मचारी समुदाय सञ्चारकर्मी एवं सरोकारवालासँग अन्तरक्रिया सम्पन्न गरेको हो ।

सूचना आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी लिम्बू दाहाल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल, नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लभ भट्टराईले सूचना नै सुशासनको जग भएको बताए ।

इलाम नगरपालिकाले व्यवस्थापन गरेको कार्यक्रममा नगरपालिकाको कार्यपालिका सदस्य, नगरपालिका मातहतका कार्यालयका सूचना अधिकरी, सबै विद्यालयका सूचना अधिकारी, जनप्रतिनीधि, सञ्चारकर्मी र सरोकारवालाको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा आयोगका उपसचिव रामप्रसाद ढकालले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार