मेचिराजमार्गको कोल्बुङमा कार दुर्घटना हुँदा छ जना घाइते


सेवारो खबर  147 पटक हेरिएको

रोङः इलामको रोङ गाउँपालिका ३ कोल्बुङ मेचि राजमार्गमा सोमबार साँझ कार दुर्घटना भएको छ ।

इलामबाट झापा तर्फ जाँदै गरेको बिएए १६९२ नम्बरको कार साँझ ०६ बजेर  २५ मिनटमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

दुर्घटनामा परी झापाको  दुई र मोरङका चार जनाको अवस्था गम्भिर भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा  झापा जिल्ला सिवशताक्षी नगरपालिका ११ दुधेका ३५ वर्षका मनोज राई सोही ठाउँका ३७ वर्षका युवराज मुखियाको शरिरको बिभिन्न भागमा चोट लागी अवस्था गम्भिर भएको जनाइएको छ ।

सवारी चालक मोरङ जिल्ला बिराटनगर महानगरपािलका. ७ का बर्ष ५२ को सचिन पोखरेल, सोही ठाउँका ५७ वर्षका राजकुमार पौडेल, २४ वर्षका अर्जुन महरा ३० वर्षका अनिष दाहाल गम्भिर घाइते भएका छन् ।

कार अनियन्त्रित भई सडकबाट तीन सय मिटर तल खसेर दुर्घटनामा परेका घाइतेको प्रहरी चौकी हर्कटेबाट प्रहरी रमेश वस्नेतको कमाण्डको टोलीले उद्दार गरी उपचारका लागि झापाको विएण्डसी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको कार घटनास्थलमै भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार