इलामः शहिद स्मृति प्रतिष्ठान इलामले शशिकला स्मृति पुरस्कार’ २०८० बाट दुई सञ्चारकर्मीलाई सम्मान गरेको छ ।
प्रतिष्ठानले संविधान दिवसका अवसरमा एक कार्यक्रम गर्दै सञ्चारकर्मी भगिरथ भण्डारी र चेतन आङ्थुपोलाई सम्मान गरेको हो ।
उनिहरूलाई इलाम निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले दोसल्ला र सम्मान-पत्रले सम्मान प्रदान गरे ।
भण्डारी राजधानी दैनिकका इलाम संवाददाता भगीरथ भण्डारीसहित दुई जना पुरस्कृत भएका छन् । शहिद स्मृति प्रतिष्ठान इलामले शसिकला अधिकारी आर्चाय शर्माको स्मृतिमा स्थापना गरेकोे पुरस्कारबाट भण्डारी पुरस्कृत भएका हुन ।
भण्डारी हाल काठमाण्डौबाट प्रकाशित राजधानी दैनिकको इलाम संवाददाता, इलाम पोष्ट दैनिकको प्रबन्ध सम्पादक र सन्दकपुर अनलाइनको सम्पादक, धरानबाट प्रकाशित कोशी पत्र दैनिक इलाम संवाददाता हुन । भण्डारीसँग विगत १० वर्ष देखि इलामलाई कार्यक्षेत्र बनाई स्थानीय तथा राष्ट्रिय विभिन्न पत्रिका, अनलाइन र टेलिभिजनमा समेत अनुभव छ ।
चेतन आङथुपो चुलाचुली मिडियाका सञ्चालन हुन । लामो समयदेखि पत्रकारितामा मल्टिमियिाको अनुभवसँगै नाटक लेखन तथा निर्देशनमा क्रियाशिल छन ।
माओवादी सशस्त्र संघर्षको बेला तत्कालिन क्रान्तिकारी पत्रकार संघमा आवद्ध शसिकलालाई २०६० असोज २६ मा तत्कालिन शाही सेनाले इलाम नगरपालिका ३ पुवामझुवाको विडापानीमा गोली हानी हत्या गरेको थियो । आचार्य तत्कालिन देउमाई गर्जन पत्रिकाका सम्पादकको रुपमा थिइन् । उनकै नामबाट शहिद स्मृति प्रतिष्ठान इलामले पुरस्कार स्थापना गरेको हो ।
प्रत्येक वर्ष संविधान दिवसको दिन एकजना पत्रकार र लेखकलाई पुरस्कृत गरिने शहिद स्मृति प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेले जानकारी गराइन् ।