प्रदेश मुख्यमन्त्रीमा दुई जनाको दाबी


सेवारो खबर  101 पटक हेरिएको

विराटनगरः कोशी प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दुई जनाको दाबी पेश भएको छ ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुखबाट दिइएको समय भन्दा एक दिन अघि दुई जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका हुन ।

गठबन्धन दलका शीर्ष नेताहरुबीच आज काठमाडौँमा भएको सहमति अनुसार नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष दाबी पेश गरेका छन् । उनले गठबन्धन दलका नेताको समर्थन रहेको पत्र सहित दाबी पेश गर्नु भएको हुन ।

यसैगरी शीर्ष नेताहरुबीच भएका सहमति प्रति असन्तुष्ट आठ जना नेपाली काँग्रेसका सांसदको हस्ताक्षर सहित नेपाली कांग्रेसका सांसद केदार कार्कीले नेकपा (एमाले) का ३९ सांसदको हस्ताक्षर सहितको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार