संयुक्त सङ्घर्ष समितिको मेचि राजमार्ग बन्दले सवारी साधन राजमार्गमै अलपत्र


सेवारो खबर  264 पटक हेरिएको

इलामः प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको मेचि राजमार्ग बन्द आव्हानले निर्वाध रूपमा सवारी साधान चल्न सकेका छैनन् ।
राजमार्ग बन्दले गतव्यमा हिडेका यात्रुबाहक तथा मालबाहक सवारी साधान बाटोमै अलपत्र परेका छन् ।

राजमार्गमा लामा तथा छोटा दुरिका सवारी साधान चल्न सकेका छैनन् । फाटफुट मात्र सवारी साधन सञ्चालनमा आएको प्रहरीले जानकारी गराएको छ ।


समितिले ताप्लेजुङमा पक्राउ परेको पहिचानवादी कार्यकर्ता बिनासर्त रिहाई माग गर्दै बन्दको आव्हान गरेको पहिचान सहितको प्रदेश नं. पुनः नामाङ्कन अभियान समितिका संयोजक डकेन्द्र थेगिमले जानकारी गराएका छन् ।

बन्दकर्ताले राजमार्गको विभिन्न स्थानमा अबरोध सिर्जना गरेका छन् ।

जिल्ला ट्राफिक कार्यालयका इलामका अनुसार राजमार्गमा झापाबाट पहाडतिर आउँने लामो तथा छोटा दुरिका सवारी साधन नदेखिएको जनाएको छ । अध्यपी केही सावरी साधन प्रहरीको स्कटिङमा झापा तर्फ लागिएको जनाएको छ ।

बन्दको प्रभाव बजार गाउँका भित्री सडकमा भन्दा पनि मुख्य राजमार्गमा प्रभाव परेको बताइएको छ ।

बन्दले बजार क्षेत्रमा सामान्य बजार पसलमा समेत प्रभाव पारेको छ ।


मेचि राजमार्गको प्रवेशद्वारको रूपमा रहेको झापाको चारआली क्षेत्रमा बिहानै देखि बन्दकर्ता सडकमा निस्किएका छन् । यसका साथै इलामको धोविधारा, जिरो किलोमिटर, पाँचथर र ताप्लेजङको विभिन्न स्थानको सडकमा अवरोध सिर्जना गरेका छन् ।

समितिले सोमबार एक बिज्ञप्ती जारी गर्दै प्रदर्शनको विषयलाई लिएर पाथीभरा याङ्वरक-३ का विपिन कङ्लिबा र आनन्द कङ्लिबा लिम्बूलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको जनाउँदै रिहाइ नभएसम्म राजमार्ग अनिश्चितकालका लागि बन्दको आव्हान गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार