मनोसामाजिक समस्या, सेवाको अवस्था र सरोकारवालाहरुको भूमिका सम्बन्धि कार्यशाला सम्पन्न


सरिता राई  210 पटक हेरिएको

विराटनगरः मनोसामाजिक समस्या, सेवाको अवस्था र सरोकारवालाहरुको भूमिका सम्बन्धि कार्यशाला बिराटनगरमा मंगरबार सम्पन्न भएको छ ।

मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको कार्यशालामा मनोसामाजिक सेवाको अवस्था, सेवा प्रवाह, समस्या र चुनौतीका विषयमा छलफल गरिएको थियो ।

कार्यशालामा मनोविमर्शकर्ता मणी केरुङ्गले मानसिक स्वास्थ यसको विधमान अवस्था,मानसिक समस्या, समस्याको कारण र यस सम्बन्धी नीति तथा कार्यक्रम सम्बन्धि छलफल पत्र प्रस्तुत गरेका थिए ।

सामाजिक विकास मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारीले मनोविमर्श सम्बन्धि सचेतनामुलक कार्यक्रम, पाठ्यक्रम विकास, आयोगमा दरवन्दी सिर्जना गर्नेतर्फ समन्वय सहयोग गर्ने प्रतिवद्दता व्यत्त गरिन् ।

मनोविमर्श सेवाको बारेमा स्थानीइ तहलाई बुझाउन जरुरी रहेको कार्यक्रममा सहभागी गोविन्द कट्टेलले बताए उनले स्वास्थ्यकर्मीले यसलाई नबुझेकाले अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

मनोविमर्श सम्बन्धि नीति तथा कर्यविधी बनाई कार्यान्वयनमा भए मनो सामाजिक समस्या समाधानमा सहज हुने मनोविमर्शकता सरस्वती गुरूले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार