इलामः सूर्योदय नगरपालिकामा विज्ञान तथा गणित प्रदर्शनी बिहिबार शुरू भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना भईरहेको प्रदर्शनी शुक्रबार सम्पन्न हुनेछ ।
सिकेका सीपलाई व्यवहारिक रूपान्तरणमा गर्न कन्यामको श्रीकृष्णाश्रम माध्यमिक विद्यालयमा प्रर्दशनी शुरू भएको हो ।
प्रदर्शनीमा विद्यार्थीले सिकेका विषयसँग सम्बन्धित विज्ञान तथा गणितका सामाग्रीहरु राखिएका छन् ।
शुक्रबार सम्पन्न हुने प्रदर्शनीमा सहभागी उत्कृष्ठ विद्यालयलाई नगद प्रमाण पत्र सहित सम्मान समेत गरिनेछ ।
नगरपालिकाको २२ वटा विद्यालयका ३ सय विज्ञान तथा गणितको सामग्री प्रदर्शन राखिएका नगरपालिकाकाले जनाएको छ ।
आधारभूत तथा माध्यमिक विद्यालय तहका प्रर्दशन अन्तर्गत २/२ वटा विधा रहेका छन् । नवप्रवद्र्धनात्मक र खोजमुलक सामाग्रीको १/१ गरि ७ विधामा पुरस्कृत गरिने शिक्षा शाखा प्रमुख योगनिधी भट्टराइले जानकारी दिए ।
प्रदर्शनीमा प्रथम दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद २० हजार, १५ हजार र १० हजार पुरस्कारसँगै प्रमाण पत्र प्राप्त गर्नेछन् ।
यसको लागि नगरपालिकाले प्रदर्शनीको मुल्याङ्कन गर्न तेस्रो पक्ष तीन सदस्यीय विज्ञ समूह गठन गरेको छ ।
प्रदर्शनीमा तीन लाख ७५ हजार नगद पुरस्कार वितरण
प्रदर्शनीको पहिलो दिन नगरपालिकाले प्रमाण पत्रसँगै तीन लाख ७५ हजार नगद पुरस्कार वितरण गरेको छ ।
प्रदर्शनीको पहिलो दिनमा तेस्रो पक्ष मुल्याङ्कन समूहको नतिजा अनुसार फिक्कल मावि फिक्कल प्रथम, जनक मावि अन्तु द्वितीय, सार्वजनिक मावि पशुपतिनगर तृतीय भई पुरस्कार प्राप्त गरेका छन् । यस्तै आधारभूत विद्यालय तर्फ भवानी आधारभूत विद्यालय माघे प्रथम, कृष्ण आधारभूत विद्यालय सुन्तले द्वितीय भएका छन् ।
पुरस्कृत हुने फिक्कल माविले नगद एक लाख, जनक माविले ५० हजार, सार्वजनिक माविको आधारभूत कक्षाले ५० हजार हात पारेका छन् । यस्तै भवानी आधारभूत विद्यालयले नगद ५० हजार, कृष्ण आधारभूत विद्यालयले २५ हजार प्राप्त गरेका छन् ।
सामुदायिक विद्यालयहमा गरिएको तेस्रो पक्ष मुल्याङ्कनको प्रतिवेदन २०८० को आधारमा सूर्योदय नगरपालिकाको विद्यालय कार्यसम्पादन निर्देशिका, २०७८ बमोजिम शैक्षिक सत्र २०७५ का लागि तोकिएको १८३ मध्ये १५१ सुचक पुरा गरी माध्यमिक तह तर्फ फिक्कल माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्न सफल भएको जनाइएको छ ।
सिकेको कुरा व्यवहारिक रूपान्तरण गर्न प्रदर्शनी
सिकेको कुरा व्यवहारिक जीवनमा लागु गर्न सकुन भन्ने उद्देश्यले प्रदर्शनी गरिएको सुर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए । उनले प्रर्दशनीले देखिएका सम्भावनाको निर्माणमा र दक्ष जनशक्तिको रूपमा स्थापित गराउँनेमा विश्वास व्यक्त गरे ।
प्रदर्शनीको उद्घाटन गर्दै, नगर प्रमुख राईले भने ‘आवश्यक परेको मानवीय पुँजीको निर्माण सहयोग पुग्ने छ । यसले दिगो विकासमा योगदान दिनेछ ।’
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख राईले भने- ‘विद्यार्थीहरूले गएको वर्ष भन्दा पनि उकृष्ट प्रर्दशनी गरेको भन्दै, यसले सिकाइमा थप सहजता ल्याउने छ । शिक्षामा नगरले उच्च प्राथामिकता दिएको छ । विधालय र विधार्थी लक्षित कार्यक्रम भइरहने छ ।’
लैङ्गीक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत महिला बालवालिका तथा समाज कल्याण शाखा सूर्योदय नगरपालिकाले बालबालिकालाई हिंसा गर्दिन म हिसां भएको देखेमा प्रतिवाद गर्छु भन्ने संकल्प व्यानरमा हस्ताक्षर समेत गराएको शाखा प्रमुख तारा शेर्पाले जानकारी गराए ।
नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई वडा नम्बर १ का अध्यक्ष राज कुमार सेरेङ, वडा नरमबर ७ का अध्यक्ष लोक बहादुुर चाम्लिङ, वडा नम्बर ९ का अध्यक्ष देवेन्द्र शर्मा, वडा नम्बर ११ का अध्यक्ष सन्तोष राई, वडा नम्बर १२ का अध्यक्ष डोलेन्द्र भारध्वज, वडा नम्बर १४ का वडा अध्यक्ष बल वहादुर समाल, कार्यपालिका सदस्य सोनाम छिरिङ लामा लगायत नगरका पदाधिकारी कर्मचारी सञ्चारकर्मीको उपस्थीति रहेको थियो ।