माङसेबुङ इक्ला सिजन २ को उपाधी दिनेश योङहाङलाई !


सेवारो खबर  185 पटक हेरिएको

इलामः मातृभाषा गायन प्रतियोगिता माङसेबुङ इक्ला सिजन २ को उपाधी दिनेश योङहाङ ले हात पारेका । बुधबार इलामको माङसेबुङमा सम्पन्न प्रतियोगिताको अन्तिम चरण पार गर्दै सान्ता फियाकले दोस्रो स्थान हासिल गरिन् ।

योङहाङले नगद ४० हजार, गिटार, साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।।

फियाकले नगद दश हजार, ट्रफी, मेडल र प्रमाण पत्र सहित आकर्षक गिफ्ट हात पारेकी छिन।

प्रतियोगिताका उत्कृष्ट चार जनाको प्रस्तुतिका आधारमा विजेता र उप विजेता छनौट भएका आयोजक किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका सचिव सुवास गुरुङले बताए ।

प्रतियोगिताको टप ५ फाइनालिस्टमा स्थान सुरक्षित गर्न सफल प्रतियोगी इलामका दिनेस योङहाङ फाकफोकथुम, शान्ता फियाक माई नपा ६ रहेका थिए । त्यस्तै मोरङका हरी चन्द्र लिम्बू लेटाङ र पान्थरका उपेन्द्र नेम्वाङ मिक्लाजुङ १ का रहेका छन् ।

प्रतियोगिताको उत्कृष्ट ८ मा प्रवेश गरेका सबै प्रतियोगीहरुले मंसिर १८ गते साँझको प्रस्तुतिको आाधार टप ४ जनामा पुर्‍याएउको थियो ।

प्रतियोगि सहभागीहरुलाई अनलाइन अडिसनबाट छनौट गरिएको थियो ।

प्रतियोगिताको गायक तथा संगीतकार लेखनाथ चेम्जोङ, गायिका दीलमती चेम्जोङ, गायक तथा संगीतकार आइन्द्र नेम्बाङले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना महान सेवा समारोहमा आयोजित सांस्कृतिक कार्यक्रममा माङसेबुङ इक्ला सिजन २ मातृभाषा गायन प्रतियोगिता आयोजना गरिएको समारोह सांस्कृतिक विभाग संयोजक तथा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेमले जानकारी गराए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार