मानव अधिकार मञ्चको वर्ष पुरस्कारद्वारा धनकुटाका पत्रकार लम्जेल सम्मानित


सेवारो खबर  226 पटक हेरिएको


इलामः मानव अधिकार मञ्च नेपाल इलामले प्रदान गर्दै आएको मानव अधिकार वर्ष पुरस्कार २०८० ले धनकुटाका पत्रकार हरिबहादर लम्जेल सम्मानित भएका छन् ।

लम्जेललाई अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आइतबार नगद १० हजार, प्रमाण पत्र सहित पुरस्कृत गरेको हो ।

धनकुटा नगरपालिका वडा नम्बर ७ निवासी लम्जेल अन्नपूर्ण राष्ट्रिय दैनिक र एपी वान टेलिभिजनका सम्वाददाता हुन ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश संसद रामबहादुर राना मगरले पुरस्कार हस्तान्तरण गरेका थिए ।

लम्जेल नेपाल पत्रकार महासंघ जिल्ला शाखा धनकुटाको सदस्य, सहसचिवको समेत अनुभव सम्हालि सक्नु भएको छ ।

प्रत्येक वर्ष मानव अधिकारको क्षेत्रमा कलम चलाउँने एक सञ्चारकर्मीलाई अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन पुरस्कार दिदै आएको मानव अधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेबेले जानकारी गराए ।

लम्जेललाई मानव अधिकारका क्षेत्रमा बालबालिका, महिला, जातीय विभेद, शिक्षा, स्वाथ्य, किसान, प्रकृतिक प्रकोप तथा मानवीय पीडाका क्षेत्र, विदेसिनुको पीडाका क्षेत्रमा ढेड दशकदेखि निरन्तर पेशागत लेखनको सम्मान स्वरूप पुरस्कार दिन योग्य भएको मञ्चका पुरस्कार छनौट समितिका संयोजक भक्तबहादुर थामीले जानकारी गराए ।

यसअधि यो पुरस्कारले क्रमशः मोरङका यज्ञ थापा, इलामका सटेन्द्र जबेगु, झापाका चन्द्र भण्डारी, इलामकै कोकिला ढकाल, झापका पर्वत पोर्तेल, खोटाङका दमन राई, ताप्लेजङका आनन्द गौतम, पाँचथरका भीम बास्कोटा, इलामका भीम चापागाई, पुरस्कृत भई सकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार