मानव अधिकार मञ्चले गर्‍यो इलामको मानव अधिकारका विषयमा छलफल


सरिता राई  82 पटक हेरिएको

इलामः मानव अधिकार मन्च नेपालको आयोजनामा ७५ औ मानव अधिकार दिवस तथा लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान को सन्दर्भ को अवसर पारेर इलाम जिल्ला मानव अधिकारको स्थिति विषयक जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम आज -आइतबार) सम्पन्न भएको छ् ।

कार्यक्रममा मानव अधिकार मञ्चको मानव अधिकार अनुगमन र अभिलेखिकरण अर्ध वार्षिक स्थिति, इन्सेकको मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समिक्षा प्रतिवेदन माथि छलफल भएको थियो ।

मानव अधिकार मञ्चले अभिलेख गरेको छ महिनाको अवधिमा नागरिक अधिकारका ७१ , सार्वजनिक अपराधका २५, सवारी दुर्घटना र मानवीय क्षतिको १६, आत्महत्या ७६ र विशिटिकृत अधिकारमा २ वटा घटना अभिलेख भएका छन् ।

प्रदेश सभा सदस्य राम रानाले अधिकार छ भन्दैमा जथाभावी प्रयोग गर्न नहुने बताए । उनले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको प्रयोगको ख्याल राख्नु पर्ने सुझाए ।

संसाद रानाले अहिले हाम्रो स्थानीय तहमा उत्पादित बस्तुको मुल्य खस्किरहदा अब हामीले उत्पादित वस्तु कसरी गुणस्तरीय कम मुल्यमा बिक्री गर्न सकिन्छ त्यस तर्फ लाग्नुपर्ने बताए ।

छलफलमा पूर्व जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले आफ्नो अधिकारको प्रयोग निर्धक्क रुपमा गर्न पाउने अवस्था सिर्जना गर्न लागि पर्न आवश्यक रहेको बताए ।

प्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादवले भने मानव अधिकार चरण चरणमा भएको इतिहास रहेकोले पुणर् रूपमा कार्यन्वयन हुन समय लाग्ने बताए । उनले अधिकारको कार्यन्वयनका लागि आफ्नो पाटोबाट सकेको सहयोग गर्ने जानकारी गराए ।
कार्यक्रमको समापन गर्नुहुदै संस्थाका अध्यक्ष मोहनसिंह थेवेले आजको प्रतिवेदन कार्यपत्र नभई अनुगमनको आधार पत्र रहेको र यसलाई छ्लफलका लागि मात्र ल्याईएको जानकारी गराए ।

कार्यक्रमको मानव अधिकारको अनुगमन र अभिलेखिकरण अर्धवार्षिक स्थिति प्रतिवेदन याम कुमार मावो लिम्बू र इन्सेक प्रतिनिधि मनोज अधिकारिले मानव अधिकार वर्ष पुस्तक प्रकाशन पुर्व समिक्षा प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादव, कोशी प्रदेशका सभा सदस्य रामबहादुर राना, विभिन्न राजनितिक दलका प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सन्चालन मानव अधिकार मन्चका गायत्री थेगिम र उर्मिला राईले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार