संघर्ष समितिको माघ १३ गते शनिबार प्रदेश भर जनजागरण तथा प्रशिक्षण कार्यक्रम


सेवारो खबर  153 पटक हेरिएको

इलाम:  ‘प्रदेश नं. १ पुनः नामाङ्करण संयुक्त संघर्ष समिति’ ले माघ १३ गते शनिबार प्रदेश भर जनजागरण तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

इलामको जनजागरण कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा  हुने आयोजकले जनाइएको छ । साथै स‌म्पूर्ण घटक संघसंस्थाका पदाधिकारीलाई उपस्थित हुन समेत आव्हान गरेकाे छ ।

इतिहास भूगोल सभ्यता र संस्कृतिको रक्षार्थ हाम्रो आव्हान, प्रदेशको नाम कोशी खारेज गर्न बृहद जनजागरण अभियान भन्ने मुल नाराका साथ प्रदेश भरी प्रशिक्षण कार्यक्रम गर्न लागिएको सर्घष समितिले जनाएको छ ।

प्रशिक्षणमा संघर्ष समितिका केन्द्रीय प्रतिनिधी, जिल्लाका घटका संघसंस्था/दलको जिल्ला कार्यसमिति, पालिका समितिका पदाधिकारी र इलाम नगरका पालिका र वडा समितिका पदाधिकारीलाई सहभागी हुने जनाइएको छ ।

जनजागरण अभियानको तयारी करिब अन्तिम चरणमा पुगेको घटक संघ संस्थाले जनाएका छन् ।

संघर्ष समितले सञ्चालन गरेको विरोधका नियमित कार्यक्रमलाई निरन्तरता दिने, वंशगद्धार घोषित ८२ प्रदेशसभा सदस्यलाई विरोध जनाउँदै उनीहरुको तस्बिर क्रस गरी सार्वजनिक स्थलमा प्रदर्शन गर्ने, कोशी लेखिएका कार्यालय बोर्ड र लेटरप्याड हटाउन लगाउन, नहटाए पहिचानका लागि युवा दस्ताले हटाउने, फागुन १७ गते कोशी नामाङ्करण गरेको दिलाई कालो दिनका रुपमा मनाई आम हड्ताल गर्नेलगायतको कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार