फोनिज युकेको सम्मान राईलाई र चेपाङलाई पुरस्कार


सेवारो खबर  216 पटक हेरिएको

इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको पत्रकारिता सम्मान तथा पुरस्कार २०२३ दुई सञ्चारकर्मीले पाउँने भएका छन् ।

‘फोनिज युके पत्रकारिता सम्मान २०२३’ पत्रकार दिपीन राई र ‘फोनिज युके पत्रकारिता पुरस्कार २०२३’ संगीता चेपाङलाई प्रदान गर्ने जनाइएको छ ।

२५ जनवरीको बैठकले राई र चेपाङलाई प्रदान गर्ने निर्णय गरेको पुरस्कार छनोट समितिका प्रमुख (हेड अफ ट्रस्ट) सोनाम छिरिङ शेर्पाले जानकारी दिएका छन ।

सम्मान र पुरस्कारका लागि फोनिज संघीय समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमध्ये २ जनालाई सम्मान र पुरस्कार प्रदान गरिने बताइएको छ । सम्मान र पुरस्कारको राशी २५ र २५ हजार रुपैयाँ रहेको छ ।

सञ्चारकर्मी दिपीन राई यलम्बर टाइम्स सम्पादक र प्रकाशक तथा लोकतन्त्र दैनिकमा कार्यरत छन् । राईले २०४९ साल दैनिक विवेचना देखि अनवरत पत्रकारीतामा सम्लग्न भई जनचाहना साप्ताहिक कार्यकारी सम्पादक, हिमालय टाइम्स काठमाडौं सम्वाददाता , आजभोलि दैनिक भारत सम्वाददाता , रुपरेखा साप्ताहिक काठमाडौं (सम्वाददाता), मुक्ति आवाज साप्ताहिक सम्पादक, समावेशी म्यागेजिन (सम्पादक) जनसंसद दैनिक (सहसम्पादक) को अनुभव छ ।  राई नेपाल पत्रकार महासंघ पूर्वाञ्चल सल्लाहकार, किरात राई पत्रकार संघ झापा सल्लाहकार, नेपाल जेसिज सूचना संयोजक, सचेत युवा मन्च सूचना प्रमुख, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)  का सस्थापक जिल्ला अध्यक्ष हुँदै केन्द्रिय उपाध्यक्ष, प्रदेश न १ इन्चार्जको जिम्मेवारी लगायत झन्डै २ दर्जन सस्थामा काम गरिसकेका छन् ।

सञ्चारकर्मी राईले जनमत साप्ताहिक इटहरी पुरस्कार, किरात धर्म साहित्य उत्थान संघ, किरात राई यायोख्खा केन्द्रिय समिति वातावरणीय पत्रकारीता पुरस्कार, नेपाली सेनाबाट २०७९ महारथी पदकबाट विभुषित तथा सम्मान, संघीय लिम्बुवान राष्ट्रिय पार्टीबाट समेत पुरस्कृत र सम्मानित भइसकेका छन् । राईले बंकरको पिडा नामका पुस्तक लेखी प्रकाशन गरेका छन् ।

युवा पत्रकार संगीता चेपाङ नेपालमा अति अल्पसंख्यक र लोपुन्मुख चेपाङ समुदायका पत्रकार हुन । उनी इच्छाकामना एफ एम १०२.४ मेघाहर्ज कुरिनटार चितवनमा कार्यरत छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार