माईजोगमाईको जोगमाईमा पाञ्चायन देवस्थल तथा गोपिनी गुफा


याम माबोहाङ लिम्बू  1305 पटक हेरिएको

माइजोगमाई: इलामको माईजोगमाई गाउँपालिकाको जोगमाईमा महावीर फुस्रे खोला पाञ्चायन देवस्थल तथा गोपिनी गुफाको उद्घाटन गरिएको छ ।

गाउँपालिका अध्यक्ष कुसबहादुर थेवे र उपाध्यक्ष प्रविना राइले संयुक्त रूपमा देवास्थलमा दिप प्रज्वलन गरि उद्घाटन गरिएको हो ।

उद्घघाटन कार्यक्रममा बोल्दै अध्यक्ष थेबेले  धार्मिक, साँस्कृतिक, पर्यटकिय स्थलहरूको खोज अनुसन्धान गर्दै विकास गर्नु पर्ने बताए । उनले पर्यटकीय स्थलको विकास र प्रचार भए गाउँपालिकाको आर्थिक स्रोतमा समेत सहयोग पुग्नेमा जोड दिए ।

अध्यक्ष थेबेले गाउपालिकाको सिमित स्रोत साधनको उपयोग गर्दै चौतर्फी विकासको आवश्यकता  एकै समयमा पुरा गर्न नसकिने र नागिरकले इच्छाएको काम क्रमश गर्दै आलोपालोमा विकास गर्दै जाने जानकारी गराए ।

दुई बर्ष अघिदेखि स्थानीय दिलबहादुर सुबेदी दिनेशले सपनामा आफुलाई देखाएको र त्यस ठाउँमा पुगी हेर्दा विभिन्न देवीदेवताको तस्वीर ढुंगामा पाएपछि यस्को संरक्षण गर्न थालिएको हो । देवस्थालको संरक्षण गर्दै धार्मिक पर्यटनको निमित्त प्रचार प्रसार गर्दै आएको बताइएको छ ।

सुवेदीले औँसी र पुर्णिमा पुजापाठ गर्दै संरक्षण गर्दै आएकाले यसको दिगो बिकासको काम गर्नु पर्नेमा जोड दिए । विकासको काम गर्दै यसको उद्घाटन गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।

पाञ्चायन देवस्थल संरक्षण समितिका अध्यक्ष दिलबहादुर सुबेदीको अध्यक्षतामा भएको नेकपा माओबादी केन्द्रका जिल्ला अध्यक्ष विजय खम्बु, राट्रिय किसान संघ कोशी प्रदेश अध्यक्ष कुसुम दाहाल, समाजसेवी हर्कसिङ्ग राई लगायतको उपस्थीति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार