काठमाणडौ: नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको विवाद सहतहमा आएको छ । स्थापक अध्यक्षको विवादले नेपाल पत्रकार महासंघको ‘अग्र अनुहार’ पुस्तक विमोचन समारोहमा विथोलिएको ।
महासंघको प्रदेश प्रतिष्ठान समितिले आज आइतबार गरेको ‘अग्र अनुहार’ पुस्तक विमोचन विथोलिएको हो ।
पुस्तकमा पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नलेखेर कृष्णप्रसाद भट्टराई नै उल्लेख गरी इतिहास बंग्याउन खोजेको भन्दै आदिवासी जनजाति पत्रकार महासंघले विरोध जनाएको हो ।
महासंघ आबद्ध पत्रकाररूले विमोचन समारोह बिथोल्नुका साथै पुस्तकसमेत च्यातेका छन् ।
नेपाल पत्रकार महासंघले २०१२ सालमा नेपाल पत्रकार संघका अध्यक्ष बनेका कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको छ । तर, त्यसअघि २००८ सालमै सत्यनारायण बहादुर श्रेष्ठ अध्यक्ष भएको पुष्टि भइसक्दा पनि भट्टराईलाई नै संस्थापक अध्यक्ष मानिएपछि आफूहरूले विरोध जनाएको आदिवासी जनजाति पत्रकार महासंघका महासचिव मिलन लिम्बूले जानकारी दिए ।
उनका अनुसार श्रेष्ठको नेतृत्वमा ९ वैशाख २००८ मा नेपाल पत्रकार संघ गठन भएको थियो । महासंघले इतिहास सच्याउन र संस्थापक अध्यक्ष टुंगो नलागेसम्म कुनै गतिविधि नगर्न यसअघि पनि पटक–पटक ध्यानाकर्षण गराएको लिम्बूले बताए । गलत तथ्यलाई स्थापित गर्ने गलत मनसायका साथ पुस्तक प्रकाशन भएको भन्दै विमोचन रोक्न महासचिव लिम्बूले शनिबारै प्रेस विज्ञप्ति जारी गरेका थिए ।@shilapatra.com बाट ।