मञ्चको प्राविधिक सहयोगमा बराहपोखरीमा मेलमिलाप सम्बन्धि आधारभूत तालिम शुरु


सेवारो खबर  337 पटक हेरिएको

बाघखोरभञ्ज्याङ: खोटाङको बरापोखरी गाउँपालिकामा मेलमिलापकर्ताका लागि मेलमिलाप सम्बन्धि आधारभूत तालिम बुधबार शुरु भएको छ ।

गाउँपालिकाको आयोजना तथा न्यायिक समितिको समन्वय गरेको तालिम ८ दिनसम्म सञ्चालन हुने जनाइएको छ ।

मानव अधिकार मञ्च नेपाल इलामको प्राविधिक सहयोगमा सञ्चालन हुने तालिमममा मेलमिलाप सम्बन्धि आधारभूत सीप तथा ज्ञानको बारेमा जानकारी गराइने छ । यसका साथै न्यायिक समितिले गर्ने न्याय सम्पादन प्रक्रियाको विषयमा जानकारी गराइने सहजकर्ता सुरेश पोर्तेलले जानकारी गराए ।

वडा अध्यक्ष सहित २८ जनाको सहभागिता रहेको तालिममा गाउँपालिका उपाध्यक्ष भूवलराज राईको अध्यक्षता भईरहेको न्यायिक समितिका उजुरी प्रशासक विपिन निरौलाले बताए । तालिम मानव अधिकार मञ्च नेपाल इलामका सहजकर्ता यामकुमार माबो लिम्बू र सुरेश पोर्तेलले गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार