इलाम: इलामको आदर्श माध्यमिक विद्यालयले आउँदो फागुन २६ गते पूर्व विद्यार्थी पुनर्मिलन तथा सम्मान कार्यक्रम गर्ने भएको छ ।
पुनर्मिलन कार्यक्रममा पूर्व विद्यार्थी र विद्यालयको विषयमा विभिन्न निर्णय तथा सहकार्यको विषयमा छलफल हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
कार्यक्रममा पुर्व विद्यार्थी समाज आदर्श मावी इलामको सदस्यता, लोगो वितरण गरिने छ । यसै अवसरमा विद्यालयको मार्गचित्र, पूर्व विधार्थिहरुसँग सम्वधित फोटोहको संकलन र प्रदर्शन, विद्यालयको उननवयनसँग सम्बन्धित विभिन्न शिर्षकहरुमा समुहगत छलफल र निष्कर्षको प्रस्तुती साथै शिक्षक एवम कर्मचारीहरुलाई प्रतिनिधिमुलक रुपमा सम्मान गरिने जनाइएको छ ।
विद्यार्थीहरुको अभिलेख संस्था स्थापना गरी विद्यार्थिहरु बीचको सम्बन्ध बिस्तार गर्दै देशभित्र देशबाहिर छरिएर रहेका विद्यार्थिहरुलाई एउटै परिवारभित्र संगठित गरेर हुनसक्ने सहकार्यका बाटो पहिल्याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारिले जानकारी गराए ।
कार्यक्रमका लागि १३ हजार ४५ जना पूर्व विद्यार्थी रहेको प्रतिनिधिहरुसँग अन्तर्किया समेत सम्पन्न भएको जनाइएको छ । काठमाडौ, विराटनगर , धरान र बिर्तामोडमा यस अघिनै अन्तक्रिया भइसकेको छ ।