इलामः उपनिर्वाचन उम्मेद्वारले मंगलबार (आज) निर्वाचन चिन्ह पाउने छन् । निर्वाचन कार्यालयको कार्यतालिका अनुसार ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने छ ।
चिन्ह प्रदान गर्न दिउँसो ३ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाइएको छ ।
शनिबार उपनिर्वाचन हुने इलाम-२ मा २० जना र बझाङ १ (क)मा १२ जनाले उमेदवारी दर्ता गराएका छन् ।
२०८१ वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।