
इलामः इलाम-२ को उपनिर्वाचनमा ७ स्वतन्त्र सहित १९ जना चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने भएका छन् । उम्मेद्वाहरूले मंगलबार आजै चुनाव चिन्ह समेत पाएका छन् ।
मुख्य मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ता गरेका २० मध्ये स्वतन्त्र उम्मेद्वार इलाम नगरपालिका-११ का केशवकुमार चापागाईले मनोनयन फिर्ता गरेपछि १९ जनाको अन्तिम नामावली प्रकाशन गरेको हो ।

स्वतन्त्र उम्मेद्वार मध्ये पहिचान पक्षधरका साझा उम्मेद्वार डकेन्द्रसिंह थेगिमले मुुँडा चुनाव चिन्ह पाएका छन् । अर्जुनबहादुर शाहीले डोजर, डाकप्रसाद गौतमले महिला, दिपेश बोहोराले सिरिन्ज, मनोज निरौलाले माछा, योगेन्द्र गुरूले कैची, राज बश्यालले जँगा सहितको अनुहार चुनाव चिन्ह पाएका छन् ।
मनोनयन दर्ता गराएका नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, एमालेका सुहाङ नेम्वाङ, रास्वपाका मिलन कुमार योङहाङ लिम्बु तथा पहिचान पक्षधरका साझा तथा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बु (थेगिम), नेकपा समाजवादीले माइजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष जितबहादुर राई र राप्रपाका युवा लक्ष्मी गुरुङको नाम कार्यालयले प्रकाशन गरेको छ ।
यसैगरी राप्रपा नेपालका उम्मेदवार गणेशबहादुर चौहान, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, मंगोल नेशनल अर्गनाईजेसनका मनिबहादुर लिम्बु, नेशनल रिपब्लिक नेपाल पार्टीका धनराज राना मगर, नेपाल मजदुर किसान पार्टीका श्यामकुमार दर्जी, नेपाली जनता दलका रेशम बहादुर सुनार, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पार्टीका जसवन्त विक्रम शाहको नाम पनि प्रकाशित छ ।
स्वतन्त्र उम्मेद्वारी दिएका डाँकप्रसाद गौतम, दिपेश बोहोरा, डकेन्द्रसिं लिम्बु (थेगिम), अर्जुनबहादुर शाही, मनोज निरौला, योगेन्द्र गुरुङ, राज बस्यालको नाम अन्तिम नामावलीमा उल्लेख छ ।


231 पटक हेरिएको 









