उपनिर्वाचनको फाकफोकथुम मतगणना सकिदा कसको कति सम्पुर्ण मत परिणाम !


सेवारो खबर  330 पटक हेरिएको

इलाम: इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको फाकफोकथुम गाउँपालिकाको मत गणना सकिएको छ ।

फाकफोकथुम गाउँपालिका गणना सकिदा स्वतन्त्र योगेन्द्र गुरुले (कैची)ले १ मत पाउँदा मनोज निरौला (माछा) ले खाता खोल्न सकेका छैनन ।

गाउँपालिकाको अन्तिम नतिजा अनुसार नेकपा एमाले (सूर्य)का सुहाङ नेम्बाङले अग्रता देखिन्छ । उनले ४ हजार ४ सय १३ मतका पहिलो स्थानमा छन् । उनलाई पछ्याउँदै नेपाली कांग्रेस (रुख) का डम्बरबहादुर खड्काले ३ हजार २ सय ५८ मतसँगै दोस्रो स्थानमा छन् ।

पहिचावादी डकेन्द्रसिंह थेगिम (मुडम)ले ९ सय ६३ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार मिलनकुमार योङहाङ लिम्बु (घण्टी)ले ६ सय ४५ मत पाएका छन् ।

मंगोल नेसनल अर्गनाईजेसनका मणिकुमार लिम्बु (भाले)ले १ सय ४१राष्ट्रीय प्राजातन्त्र पार्टीका लक्ष्रि गुरुङ (हलो)ले २४ मत पाएका छन् ।

नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली (गोरुगाडाको पाङ्ग्रो)ले १९, नेकपा एकिकृत समाजवादी पार्टीका जीतबहादुर राई (कलम)ले १७, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले १३ मत, स्वतन्त्र दिपेश बोहरा (सिरिन्ज)ले १२, उम्मेद्वार अर्जुनबहादुर शाही ६,  राष्ट्रिय मुक्ति आन्दोलन दलका जयवन्त विक्रम शाह (सटकोण)ले ४ मत भेला पारेका छन् ।

नेपाल मजदुर किसान पार्टी श्यामबहादुर दर्जी (मादल)राप्रपा नेपालका गणेशबहादुर चौहान (तिर) नेसनल रिपब्लिक नेपाल पार्टीका उम्मेद्वार धनराज राना मगर(उडिरहेको माहुरी) र स्वतन्त्र राज बश्याल (जुँगा सहितको अनुहार)ले समान २–२ मत प्राप्त गरेको छन् ।

फाकफोकथुम गाउँपालिकामा ९ हजार ६ सय २१ मत खसेकोमा ९ हजार ५ सय २४ सदर मत खसेको छ । ९७ मत बदर भएको पाइएको छ ।

मत परिणाम:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार