इलामको उपनिर्वाचनमा दुई गाउँपालिकाको मत परिणाममा एमालेको अग्रता कायमै

सम्पूर्ण मत परिणाम सहित


सेवारो खबर  183 पटक हेरिएको

इलाम: इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको चुलाचुली र फाकफोकथुम गाउँपालिकाको मत गणना सकिएको छ ।

मत गणनाको अन्तिम नतिजा अनुसार नेकपा एमाले (सूर्य)का सुहाङ नेम्बाङले अग्रता कायमै छ । उनले ८ हजार ८ सय ९८ मतका पहिलो स्थानमा छन् । उनलाई पछ्याउँदै नेपाली कांग्रेस (रुख) का डम्बरबहादुर खड्काले ६ हजार २ सय ८० मतसँगै दोस्रो स्थानमा छन् ।

पहिचावादी डकेन्द्रसिंह थेगिम (मुडम)ले ४ हजार ६ सय ३४ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार मिलनकुमार योङहाङ लिम्बु (घण्टी)ले १ हजार ३ सय ५ मत पाएका छन् ।

नेकपा एकिकृत समाजवादी पार्टीका जीतबहादुर राई (कलम)ले २ सय ४०,मंगोल नेसनल अर्गनाईजेसनका मणिकुमार लिम्बु (भाले)ले २ सय ९, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले ५४ मत, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली (गोरुगाडाको पाङ्ग्रो)ले ५२, राष्ट्रीय प्राजातन्त्र पार्टीका लक्ष्रि गुरुङ (हलो)ले ४६ मत पाएका छन् ।

स्वतन्त्र अर्जुनबहादुर शाही (डोजर) १९ मत,  स्वतन्त्र दिपेश बोहरा (सिरिन्ज)ले १८, राष्ट्रिय मुक्ति आन्दोलन दलका जयवन्त विक्रम शाह (सटकोण) र राप्रपा नेपालका गणेशबहादुर चौहान (तिर)ले समान १५ –१५ मत पाएका छन् ।

नेपाल मजदुर किसान पार्टी श्यामबहादुर दर्जी (मादल) ११ मत, स्वतन्त्र राज बश्याल (जुँगा सहितको अनुहार)ले समान ८ मत भेला गरेका छन् ।

नेसनल रिपब्लिक नेपाल पार्टीका उम्मेद्वार धनराज राना मगर(उडिरहेको माहुरी) स्वतन्त्र योगेन्द्र गुरुले (कैची) र  मनोज निरौला (माछा) ले समान ३–३ मत प्राप्त गरेका छन् ।

अहिलेसम्ममा २१ हजार ८ सय १० मत गणना गर्दा २ सय १६ मत बदर भएको छ ।

चुलाचुली गाउँपालिकाको मत परिणाम:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार