इलाम: इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मत परिणाम अनुसार माङ्सेबुङ गाउँपालिकामा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिम (मुडा)ले सबैभन्दा बढी मत पाएका छन् । उनले २ हजार ६ सय ३९ मत पाए ।
गाउँपालिकाको मत परिणाम अनुसार नेकपा एमाले (सूर्य)का सुहाङ नेम्बाङले २ हजार ५ सय ९१ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै नेपाली कांग्रेस (रुख) का डम्बरबहादुर खड्काले १ हजार ४ सय ८० मतसँगै तेस्रो स्थानमा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार मिलनकुमार योङहाङ लिम्बु (घण्टी)ले २ सय ४३ मत मंगोल नेसनल अर्गनाईजेसनका मणिकुमार लिम्बु (भाले)ले २५ मत, नेकपा एकिकृत समाजवादी पार्टीका जीतबहादुर राई (कलम)ले २०, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली (गोरुगाडाको पाङ्ग्रो)ले १९ , स्वतन्त्र राज बश्याल (जुँगा सहितको अनुहार)ले १५ मत भेला गरेका छन् ।
जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले १३ मत, राष्ट्रीय प्राजातन्त्र पार्टीका लक्ष्रि गुरुङ (हलो)ले १२, स्वतन्त्र अर्जुनबहादुर शाही (डोजर) ११ मत, राष्ट्रिय मुक्ति आन्दोलन दलका जयवन्त विक्रम शाह (सटकोण) ४ मत, नेपाल मजदुर किसान पार्टी श्यामबहादुर दर्जी (मादल) ३ मत पाएका छन् ।
स्वतन्त्र योगेन्द्र गुरुले (कैची), मनोज निरौला (माछा) र डाकप्रसाद गौतम (महिला) ले समान १–१ मत प्राप्त गरेका छन् ।
नेसनल रिपब्लिक नेपाल पार्टीका उम्मेद्वार धनराज राना मगर(उडिरहेको माहुरी) स्वतन्त्र दिपेश बोहरा (सिरिन्ज) र राप्रपा नेपालका गणेशबहादुर चौहान (तिर)ले कुनै पनि मत पाएका प्राप्त गरेनन ।
मत परिणाम: