उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्बाङ विजयी

नेपाली कांग्रेसका खड्का दोस्रो, स्वतन्त्र थेगिम तेस्रो र रास्वापा तेस्रो


इलाम: इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्बाङ विजयी भएका छन् । विजयीसँगै संघीय सांसद बन्दै बुवाको विरासत बचाएका छन् ।

नेम्बाङ्ले नेपाली कांग्रेसका (रुख)का डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पछि पार्दै विजयी भएका हुन ।

नेम्बाङले २७ हजार ७ सय ७२ मत ल्याए भने कांग्रेसका खड्काले २१ हजार ९ सय २२ मत प्राप्त गरेका छन् । पहिचान पक्षधर स्वतन्त्र डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत ल्याउँदै तेस्रो स्थान सुरक्षित गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार मिलनकुमार योङहाङ लिम्बु (घण्टी)ले ५ हजार ५० मत ल्याउँदै चौथो स्थानमा सीमित भए ।

मंगोल नेसनल अर्गनाईजेसनका मणिकुमार लिम्बु (भाले)ले ८ सय १६ मत, नेकपा एकिकृत समाजवादी पार्टीका जीतबहादुर राई (कलम)ले ४ सय ८ मत, राष्ट्रीय प्राजातन्त्र पार्टीका लक्ष्रि गुरुङ (हलो)ले ४ सय ४, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली (गोरुगाडाको पाङ्ग्रो)ले २ सय ६ मत संकलन गरे ।

जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ (लाउड स्पिकर)ले १ सय १८ मत भेला गरेका छन् ।

दश उम्मेद्वारले सय मत कटाएनन

उपनिर्वाचनका दश उम्मेद्वारले सय मत कटाउन सकेनन् ।

स्वतन्त्र अर्जुनबहादुर शाही (डोजर)ले ५५ मत, राष्ट्रिय मुक्ति आन्दोलन दलका जयवन्त विक्रम शाह (सटकोण) र राप्रपा नेपालका गणेशबहादुर चौहान (तिर)ले  समान ४३–४३ मत ल्याएका छन् ।

स्वतन्त्र राज बश्याल (जुँगा सहितको अनुहार)ले ३८ मत नेसनल रिपब्लिक नेपाल पार्टीका उम्मेद्वार धनराज राना मगर(उडिरहेको माहुरी)ले ३६ मत, नेपाल मजदुर किसान पार्टी श्यामबहादुर दर्जी (मादल) ३३, स्वतन्त्र दिपेश बोहरा (सिरिन्ज) २१ मत पाएका छन् ।

स्वतन्त्र डाकप्रसाद गौतम (महिला) ले १४ मत, मनोज निरौला (माछा) ले १२ योगेन्द्र गुरुले (कैची)ले ४ मत भेला गरेका छन् ।

६९ हजार ३ सय ७४ मत गणना गर्दा ६८ हजार ४ सय ७२ सदर मत र ९ सय २ मत बदर भएको निर्वाचन कार्यालयले जनाएका छन् ।

मत परिणाम:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार