इलाम: इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा १० उम्मेद्वारले सय मत कटाउन सकेनन् । सय मत नल्याउँनेमा ४ राजनीतिक दल रहेका छन् भने अन्य स्वतन्त्र उम्मेद्वार रहेका छन् ।
राजनीतिक दलमा राष्ट्रिय मुक्ति आन्दोलन, राप्रपा नेपाल, नेसनल रिपब्लिक नेपाल पार्टी र नेपाल मजदुर किसान पार्टी रहेका छन् ।
स्वतन्त्र अर्जुनबहादुर शाही (डोजर)ले ५५ मत, राष्ट्रिय मुक्ति आन्दोलन दलका जयवन्त विक्रम शाह (सटकोण) र राप्रपा नेपालका गणेशबहादुर चौहान (तिर)ले समान ४३–४३ मत ल्याएका छन् ।
स्वतन्त्र राज बश्याल (जुँगा सहितको अनुहार)ले ३८ मत नेसनल रिपब्लिक नेपाल पार्टीका उम्मेद्वार धनराज राना मगर(उडिरहेको माहुरी)ले ३६ मत, नेपाल मजदुर किसान पार्टी श्यामबहादुर दर्जी (मादल) ३३, स्वतन्त्र दिपेश बोहरा (सिरिन्ज) २१ मत पाएका छन् ।
स्वतन्त्र डाकप्रसाद गौतम (महिला) ले १४ मत, मनोज निरौला (माछा) ले १२ योगेन्द्र गुरुले (कैची)ले ४ मत भेला गरेका छन् ।
६९ हजार ३ सय ७४ मत गणना गर्दा ६८ हजार ४ सय ७२ सदर मत र ९ सय २ मत बदर भएको निर्वाचन कार्यालयले जनाएका छन् ।