
इलाम: झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार हिजो झापाको झापा गाँउपालिका १ कुमरखोदबाट रोकी राखेको को. ३२ प ८९७४ नम्बरको मोटरसाईकल सहित दमक-१२ का २६ बर्षीय मनिस थापा, २२ बर्षीय रिकाश बस्नेत र १९ बर्षीय रोमित कट्वाल पक्राउ परेका छन् ।
शंका लगि चेकजाँच गर्दा उनिहरुको साथबाट २ ग्राम ६ सय मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मोरङको विराटनगर-१७ बाट बा. ९८ प ४६ नम्बरको मोटरसाईकल चालक सुन्दरहरैचा नगरपालिका ३ का ३२ बर्षीय मनोज कटुवाल र मोटरसाईकलमा पछाडी सवार ३२ बर्षीय अम्बिर यक्सो लिम्बुलाई ३ ग्राम ५८ मिलिग्राम ब्राउन सगुर सहित पक्राउ परेका छन् ।
उनिहरुलाई इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
त्यस्तै इलाका प्रहरी कार्यालय चतरा सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका २ बाट बा.५६ प.६९३५ नम्बरको स्कुटर चालक भोजपुर हतुवागडी गाउँपालिका-९ घर भई हाल बराहक्षेत्रमा बस्दै आएका ३३ बर्षीय कृष्ण कुमार राईलाई ५ सय ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको जनाइएको छ ।
धरान उपमहानगरपालिका १५ की जोनु राईलाई ट्रामाडोल १२० क्याप्सुल र कोलिवान १४० ट्याब्लेट औषधी सहित इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

144 पटक हेरिएको 









