इलाम: प्रदेश नं.१पुन नामाङ्कन संयुक्त संघर्ष समिति इलामले बुधबार कोशी नाम खारेजी र भ्रष्टाचार विरुद्ध जनअभियान २०८१ कार्यक्रम गरेको छ ।
इतिहास, भूगोल, सभ्यता र संस्कृतिको रक्षार्थ हाम्रो आव्हान, समृद्ध नेपाल र पहिचानको आधारमा पु:न नामाङ्कन गर्न जिल्ला जागरण अभियान सम्पन्न गरेको हो ।
अभियानले योगेन्द्र लाओतीको संयोजकत्वमा ७ सदस्यीय मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति इलाम गठन गरेको छ ।
संघर्ष समितिको सचिवमा याम वाङ्देल रहेका छन् । सद्स्यहरुमा डिल्ली लिङ्दम, पदम सम्बाहाम्फे , प्रबिण सङबाङ्फे, फुलकुमारी सेर्मा, लक्ष्मी राई र रजनी लिम्बु छनौट गरेको छ ।