दमक: दमक बहुमुखी क्याम्पसमा १० दिने किरात सिरिजङगा लिपि प्रशिक्षण कार्यक्रम शनिबार समापन भएको छ ।
लिम्बू विद्ध्यार्थी मञ्च दमक बहुमुखी क्याम्पसको आयोजना गरेको प्रशिक्षणमा लिपी लेख्न आवश्यक कुबुङ सक कुधक सक चुक सक साथै साधारण वाक्य संरचना निर्माण गर्न सिकाइएको सहजकर्ता थेयुसा फागोले जानकारी गराएको छ ।
भाषा लिपीले किरात याक्थुङबाहरुको सांस्कृतिक संरक्षण र सामुदायिक विकासमा टेवा पुर्याउने समापन समारोहका बक्ताहरुले बताएका छन् ।
कार्यक्रममा लिम्बू साहित्य प्रतिष्ठान दमकका कुलपति तथा साहित्यकार सेसेमी सेरेङ नाल्वो, किरात याक्थुङ चुम्लुङ झापा अध्यक्ष सेसेहाङ फियाक, चुम्लुङ दमक नगरका नगर अध्यक्ष देवेन्द्र मावोहाङ चेम्जोङ, लेखक तथा साहित्यकार बिक्रम वनेम, प्रशिक्षक थेयुसा फागोले भाषा लिपी संरक्षण गर्न युवाको दायित्व भएको बताए ।
स्वतन्त्र विद्यार्थी युनियन दमक बहुमुखी क्याम्पस सचिव दीपक मादेन, स्वतन्त्र विद्यार्थी युनियन दमक बहुमुखी क्याम्पस उपसचिव भिजन चेम्जोङ, स्वतन्त्र विद्यार्थी युनियन दमक बहुमुखी क्याम्पस सदस्य आशिष लिम्बु, स्वतन्त्र विद्यार्थी युनियन दमक बहुमुखी क्याम्पस सदस्य सबिन गौतम, किरात राई विद्यार्थी सङ्घ दमक बहुमुखी क्याम्पस अध्यक्ष प्रभात मुकारुङ, किरात राई विद्यार्थी सङ्घ दमक बहुमुखी क्याम्पस वरिष्ठ उपाध्यक्ष उमेश चाम्लिङ लगायतका महानुभावहरूले किरात सिरिजङगा लिपि र याक्थुङ भाषा विकासको सवालमा युवाको दायित्व विषयमा बोलेका थिए ।
लिम्बू विद्ध्यार्थी मञ्च दमक बहुमुखी क्याम्पसकी अध्यक्ष बिनिता नेम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चका कोषाध्यक्ष उदय फियाकले स्वागत गरेको प्रशिक्षणमा ६१ जनाको सहभागीता रहेको थियो ।
प्रशिक्षण समापन समारोहमा प्रशिक्षक फागोलाई सम्मान पत्र दिइएको थियो । कार्यक्रममा पालामी अभियन्ता दुर्गा तुम्सा, कर्मिला आङदेम्बे र प्रमिला फियाकले पालाम सुनाएका थिए ।
प्रशिक्षण भदौ ११ शुरु भएको थियो ।@सेसेहाङ फियाकको फेसबुक वालबाट ।