प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ बजे बस्दै


सेवारो खबर  40 पटक हेरिएको

काठमाण्डौंं:  संघीय संसदको प्रतिनिधिसभाको बैठक आज (मंगलबार) मध्याह्न १ बजे बस्दैछ। आजको बैठकमा सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ।
राष्टंपति रामचन्द्र पौडेलले सोमबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसपछि आजदेखि संसद्मा उक्त कार्यक्रममाथि औपचारिक छलफल सुरु हुन लागेको हो ।
संसद् सचिवालयका अनुसार छलफलमा दलीय प्रतिनिधित्वका आधारमा विभिन्न दलका सांसदहरूले धारणा राख्नेछन्। सत्तापक्षले सरकारको नीति तथा कार्यक्रमको पक्षमा आफ्नो धारणा राख्ने तयारी गरेको छ भने प्रतिपक्षी दलहरूले कार्यक्रमको प्रभावकारिता, कार्यान्वयन र सरकारको प्राथमिकतामाथि प्रश्न उठाउने सम्भावना रहेको छ।
चालु अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को बजेटसमेत प्रस्तुत हुने भएकाले संसद्मा नीति तथा कार्यक्रम र आगामी बजेटलाई लिएर राजनीतिक बहस थप चर्किने अनुमान गरिएको छ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आर्थिक सुधार, शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राखिएको जनाएको छ। अब संसद्मा हुने छलफलपछि नीति तथा कार्यक्रम पारित प्रक्रियातर्फ अघि बढाइनेछ।
थप कार्यसूची

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार