बुद्धिचाल संघ इलाम नगर समिति गठन


सेवारो खबर  136 पटक हेरिएको

इलामः बुद्धिचाल संघले इलाम नगर समिति गठन गरेकाे छ । सघंले नविन रायको अध्यक्षतामा नगर समिति गठन गरेको हाे ।

समितिको उपाध्यक्षमा दिपेन्द्र घर्तिमगर, सचिव अजय कार्की, कोषाध्यक्ष जोसेफ श्रेष्ठ, रहेका छन् ।

सदस्यहरूमा राजन ढुुंगेल, चन्द्रकला तामाङ चयन भएका छन् भने एक जना सदस्य नगर खेलकुद समितिले मनोनित गर्ने बताइएको छ । जिल्ला प्रतिनीधिमा सपनी राई, विशाल राई र तिर्थमान राई रहेका छन् ।

जिल्ला तदर्थ समिति सदस्य विक्रम लिम्बुको अध्यक्षतामा भएको गठन कार्यक्रममा नगर खेलकुद विकास समितिका महेश श्रेष्ठ, प्रदेश १ बुुद्धिचाल समितिका सुरेन्द्रकुमार राई, इलाम जिल्ल बुद्धिचाल संघ संयोजक प्रकाश परियार, जिल्ला च्याम्पियन देवी पौडेल साथमा जिल्ल बुद्धिचाल संघका सदस्यहरूको उपस्थितीमा समिति गठन गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार