‘चासोक तङ्नाम उत्सवका रूपमा मनाउनु पर्छ’-महासचिव तुम्बापो


सेवारो खबर  158 पटक हेरिएको

झापाः किरात याक्थुङ चुम्लुङको संघीय महासचिव निरन्ती तुम्बापोले घर-घरमा मनाइने चासोक तड्नाम पर्व अहिले सामुहिक रुपमा ब्यापक तरिकाले मनाउदै गएको बताइन् ।

किरात याक्थुङ्ग चुम्लुङ्ग दमक नगर शाखाको आयोजनामा आदिवासी रंगशालामा भएको कार्यक्रममा बोल्दै महासचिव तुम्बापोले पर्वलाई देशमा मात्र नभएर विदेशमा पनि उत्सवका रुपमा मनाउदै लैजानु पर्नेमा जोड दिइन् ।

दमक नगर पालिकाका नगर प्रमुख राम थापाले सवै जाति समुदायले सबै जाती समुदायको पर्वलाई सम्मान गर्दै सामाजिक सद्भाव कायम गर्नु पर्ने बताए ।

कार्यक्रममा भ्वाइस अफ नेपाल किड्सकी फाइनलिष्ट रुक्साना लिम्बू, गायिका दीपा सुहाङ, गायक चोत्लुङहाङ केदेम, गायक कञ्चन थलङ, गायक दिलिप माखिम, गायक राजन पन्धाक, गायिका सुनिता मिभक, गायक निमा तामाङ र गायक हिमाल लिम्बूले दर्शकलाई मनोरञ्जन दिएको झापा चुम्लुङ अध्यक्ष सेसेहाङ्ग फियाक जानकारी गराए ।

जिल्लाको कमल, शिवसताक्षी लगायतका ठाउँमा विभिन्न कार्यक्रम गरी चासोक तड्नाम पर्व लिम्वू समुदायले मनाएका छन् ।
किरात याक्थुङ चुम्लुङ दमक नगर र कमल गाउँ समितिले संयुक्त रूपमा यस वर्षको चासोक तङ्नाम पर्व कमल ५ स्थित आदिवासी रंगशालामा संयुक्त रूपमा चासोक तङ्नाम र ३ सय १९ औँ सिरिजंगा थेबे जन्म जयन्ती, साँगितिक कार्यक्रम समेत गरी मनाएको किरात याक्थुङ्ग चुम्लुङ्ग दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ्गले बताए ।

पहिलो सत्र (विहान)मा फेदाङ्बा विधि र किरात धर्म अनुसार सेवा गरेर न्वाँगी पूजा सम्पन्न गरेको किरात याक्थुङ चुम्लुङ कमलका उपाध्यक्ष अमर जंग मावोहाङ्गले जानकारी दिए ।

किरात याक्थुङ्ग चुम्लुङ्ग दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ्गको अध्यक्षतामा भएको कार्यक्रममा केलाङ,धान नाच, पलाम नाच प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार