झापा: झापाको कमल गाउँपालिकामा ७ दिने किरात सिरिजंगा लिपी तथा लिम्बू भाषा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
किरात के चुम्लुङले गरेको प्रशिक्षणमा लिम्बू भाषा तथा किरात सिरिजंगा लिपीको बारेमा जानकारी गराइएको सहजकर्ता सेसेहाङ फियाकले जानकारी गराए ।
समापन समारोहमा आदिवासी जनजाती महासघ अध्यक्ष बदि साम्पाङ राई, प्रशिक्षक सेसेहाङ् फियाक सुर्य प्रसाद लिम्बू, राधिका केरुङ, जमुना थोप्रा केरुङ भाषा तथा लिपीको महत्वको विषयमा बोलेका थिए ।
यस्तै प्रशिक्षणमा सहभागी रिसना लावती राई, सुनिता लक्सम राई, सुमन केरुङ र अस्मिता चेम्जोङ फागोले प्रशिक्षणका विषयमा आआफ्ना अनुभव राखेका थिए ।
प्रशिक्षणमा गरिएको परीक्षामा प्रथम सुनिता लक्सम राई र दोस्रो सुमन केरुङलाई प्रमुख अथितीबाट पुरस्कार प्रदान गरिएको थियो ।