७ बुँदे सहमती जुटाउँदै इलाममा २९ औं सामुदायिक वन दिवस मनाइयो


सेवारो खबर  205 पटक हेरिएको

इलाम: सामुदायिक वन उपभोक्ता महासंघ नेपाल इलामले ७ बुँदामा सहमती जुटाउँदै २९ औं सामुदायिक वन दिवस मनाएको छ ।

जिल्लाका सरोकारवालासँग वन सम्बन्धी अन्तरक्रिया गर्दै वन, वातावरण, जलवायु सन्तुलन र विकास सम्बन्धि ७ बुँदे सहमती समेत गरेको हो ।

महासंघले वन विस्तार तथा विकास गर्न नर्सरी उद्यानको निर्माण गरेर बृक्षारोपण गर्ने योजना बनाएको छ । यसका साथै कार्वन संचितीकरण सम्बन्धि कार्यक्रम सञ्चालन गर्न स्थानीय वन समुहसँग सहकार्य गर्ने अध्यक्ष राईले बताए ।

कार्यक्रमलाई प्रभावकारी बनाउँन जलाधार संरक्षणमा जोड दिदै प्राकृतिक स्रोत संरक्षण, दुर्लब बन्यजन्तु रेड पाण्डा क्षेत्र विस्तार गर्ने रणनीति रहको छ ।

जैविक विविधता संरक्षण सम्बर्धन गर्दै कृषि वनको विस्तारेर स्थानीय समुदायको आर्थिक जीवनस्तरमा आयमुलक कामको विस्तार गर्ने कार्यक्रमलाई वनसँग जोडिने जनाइएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राई, डिविजन वन कार्यालयका प्रमुख दानबहादुर श्रेष्ठको उपस्थितीमा भएको कार्यक्रममा स्थानीय क्षेत्रमा वन डडेलो चोरी पैठारीको न्यूनिकरण गर्न आवश्यक कार्यक्रम वन समुहको अगुवाईमा गरिने बताइएको छ ।

सहमती अनुसार महासंघसँग आबद्ध जिल्लाका १० स्थानीय तहका २ सय ४२ वटै वन समुह, संघ, प्रदेश र स्थानीय सरकारसँग सहकार्यमा सहमती पुरा गर्न समन्वयात्मक भूमिका रहने महासंघ इलाम अध्यक्ष गोकुल राईले जानकारी गराए ।

महासंघको सहमतीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सेवा क्षेत्रका स्थानीयवासीसँग सामुदायिक सचेतना तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार