जन्मदर्ता प्रमाण पत्र नहुँदा २ वर्षदेखि एउटै कक्षामा पढ्दै एक बालिका


याम माबोहाङ लिम्बू  254 पटक हेरिएको

इलाम: उमेरले अनिशा (नाम परिवर्तन) १५ वर्षकी भइन् । उनि सदरमुकाम स्थीत एक नामुद सरकारी विद्यालयको कक्षा ८ मा पढ्छिन । तर २ वर्षदेखि एउटै कक्षामा ।

बार्षिक परीक्षा लेख्छिन । उनि न पास हुन्छिन, न फेल विद्यालयले कुनै सूचना दिदैनन् छिमकी पञ्चकुमार राईले भने अनिशाको जन्मदर्ता नभएकैले कक्षा दोहोर्याई रहनु परेको हो ।

आफ्नै घरगाउँमा मायाको बन्धनमा परी अनिशाकी आमा बुवासँग इलाममै बस्दै आएको १६ वर्ष बित्यो । उनि इलाममै जन्मेकी हुन । उनको बुवा बितेको पनि वर्ष दिन बढी भयो । उनी अहिले आमासँग भाडाको कोठामा बस्छिन् । तर उनिहरुसँग न बुवाको नागरिकता छ, न आमाको । नागरिकता नभएकै कारण जन्मदर्ता हुन नसकेको छिमेकी राईले बताए ।

जन्मदर्ता प्रमाण पत्र नभएकै कारण पढाई रोकिएको थाहा पाएका छिमेकी मजदुर काम गर्दै आएका रबिन विश्वकर्मा र पञ्चकुमार राईले उनको पुखौली गाउँ र जिल्लासम्म पुगेर गरेको प्रयासले समेत जन्म दर्ता प्रमाण पत्र बन्न सकेन । उनिहरुले सेवारो खबरसँग भने ‘नाता सम्बन्धमा हाम्रो केही पर्दैन । नाताको आफन्त कोही पनि छैन । मानवताको नाताले जन्म दर्ता प्रमाण पत्र बनाई दिन खोजेका हौ । नानीले पढ्न पाओस् पढाई भए भोली गरिखान सक्छ । उनकी भएको आमा ज्याला मजदुरीमा जीवन चलाउँ छिन ।’

‘पुर्यौली जिल्लाको गाउँपालिका, वडा कार्यालय र जन्मेको ठाउँको नगरपालिका पुग्यौ । स्थानीय बालकल्याण अधिकारीसँग कुराकानी गर्यौ । कुनै सीप लागेन । उनिहरुले भने-हाम्रो कुरा कसैले सुनिदिएन । समस्या कसैले बुझिदिएन । मानव अधिकार मञ्च नेपाल इलाममा सहजिकरणका लागि सहयोग मागेका छौं । हेरौं अब के हुन्छ । जन्म दर्ता प्रमाण पत्र नहुँदा पढ्न समेत बञ्चित हुनु पर्दो रहेछ ।’

अनिशाको यो समस्याको विषयमा बुझ्दा उनको पढाईमा जन्मदर्ताको समस्या होइन परीक्षा दिनबाट बञ्चित भएकी छैनन् । परीक्षा दिदैछिन तर उनी फेल भएर एउटै कक्षामा पढ्दै गरेको विद्यालयले भन्यो ।

जन्मदर्ता प्रमाण पत्र बिना परीक्षा दिन नपाइने नीतिगत समस्या भएकाले उनको जन्मदर्ताका लागि आवश्यक सिफारिस समेत दिएको विद्यालयले जानकारी गराउँदै जन्मदर्ता नभएकै कारणले पढ्न नपाउँने, परीक्षाको नतिजा नआउने भन्ने नहुँने भन्दै कक्षा ८ मा जन्मदर्ता अनिवार्य रहेको घुमाउरो पाराले विद्यालयका प्रधानाध्यापकले उत्तर दिए ।

अनिशा जन्मेकै वडा कार्यालयका यस विषयमा बुझ्दा यस्तो समस्या लिएर अहिलेसम्म कुनै पनि सेवाग्राही नआएको स्थानीय वडा अध्यक्षले बताए । उनले जन्मदर्ता नागरिकको जन्मसिद्ध अधिकार हो भन्दै, सेवाग्राही आए आवश्यक प्रकृया पुर्याई जन्मदर्ता गरिदिने प्रतवद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार