मोर्चाद्वारा भ्रष्ट प्रधानमन्त्रीदेखि निजि क्षेत्रलाई कारबाही गर्ने कानुन बनाउन माग


सेवारो खबर  63 पटक हेरिएको

 

इलाम: पहिचानवादी मोर्चाले भ्रष्ट प्रधानमन्त्रीदेखि निजि क्षेत्रलाई कारबाही गर्ने कानुन बनाउन माग गरेको छ । मोर्चाले बुधबार विज्ञप्ती जारी गर्दै भ्रष्टचारको अन्त्य बिनाको नेपालको उन्नती र प्रगतिको कल्पना गर्न नसकिने जनाएको छ ।

नेपालको प्रगति र उन्नति हुन नसक्नु विगतदेखि वर्तमानसम्म देशको सम्पूर्ण शासनयन्त्र भ्रष्टाचारमा चुर्लुम्म डुब्नु प्रमुख कारण भएको उल्लेख गर्दै विद्यमान कानुनमा परिमार्जन गरी कसुरदारलाई थप कडा कारबाही गर्ने व्यवस्था नगरी भ्रष्टाचार नियन्त्रण गर्न कठिन छ विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा भनिएको छ- ‘भ्रष्टाचार निवारण ऐन संसोधनको विषयमा उजुरीको हदम्याद ५ वर्ष राख्ने विषयले दिनदहाडै भ्रष्टाचारीलाई थप संस्थागत गर्दै लैजाने छ । खुलेआम उन्मुक्तिको मार्ग प्रसस्त गर्दछ र थप बढावा दिन्छ ।’

‘भ्रष्टाचार गतिविधी गरेको जानकारी गराउने सुराकी गर्नेको नाम सार्वजनिक गरेमा हुन सक्ने जोखिमका कारण उजुरी आउँनै नसक्ने बनाउन लागेको छ । यसले वर्तमान सरकार र नेतृत्व आफू र अन्य भ्रष्टहररुलाई उम्काउने सहज वातावरणको सिर्जना गरिरहेका छन् । यस्तो भ्रष्टाचारीलाई वढावा दिने प्रपञ्चको पहिचानवादी मोर्चा घोर निन्दा र भर्त्सना र विरोध गर्दछ’, विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्ती:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार