
इलाम: सूर्योदय नगरपालिकाका कार्यबाहक प्रमुख दुर्गा कुमार बरालले पत्रकारले सरकारले गरेका राम्रा-नराम्रा दुबै पक्षलाई देखाउनुपर्ने बताए ।
उनले बिहिबार नगरपालिकामा सम्पन्न व्यवसायिक पत्रकारिता सम्बन्धी ३ दिने क्षमता विकास तालिममा बोल्दै बरालले पत्रकारले सरकारको कमिकमजोरी औँल्याउँदा सुधारको बाटो देखाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममका प्रमुख अतिथि रहेका बरालले आधारभूत तालिमका सहभागीको सकृयता लोभलाग्दो देखिएकोमाआफू खुशी भएको बताउँदै
आउँदो वर्ष पत्रकारिता सम्बन्धी एडभान्स तालिम चलाउन पालिकाले बजेट बिनियोजन गर्ने जानकारी गराए ।
नगरपालिकाको साझेदारीमा नेपाल पत्रकार महासंघ, इलामले आयोजना गरेको तालिममा पत्रकारितामा ईच्छा राख्ने ४४ जना सहभागी ता रहेको थियो । तालिममा वरिष्ठ पत्रकार केदार शर्मासहित भीम चापागाईं, विप्लव भट्टराई, सुनिता राई, राजकुमार दाहाल, मनोज अधिकारी, टीका खतिवडा लगायतका पत्रकारले सहजिकरण गरेका थिए ।
जेष्ठ २६ देखी सञ्चालन भएको तालिममा नगरपालिकाको तर्फबाट प्रशासन शाखा प्रमुख लुना खतिवडाले सहजिकरण गरेकी थिइन् ।
तालिम महासंघ इलामका अध्यक्ष भीम चापागाईंको अध्यक्षतामा सम्पन्न भएको सचिव टीका खतिवडाले जानकारी गराए ।

47 पटक हेरिएको 












