
घोडेटार: भोजपुरको हतुवागढी गाउँपालिकाले मेलमिलाप सम्बन्धि आधारभूत तालिम घोडेटारमा बुधबार सम्पन्न गरेको छ ।
न्यायिक समितिले सञ्चालन गरेको तालिमले स्थानीय विवादलाई मेलमिलाप गराउँने २७ मेलमिलापकर्ता उत्पात्पादन गरेको गाउँपालिकाले जनाएको छ ।
विवादलाई समुदायमै व्यवस्थान गर्न सके दिगो शान्तिको जग बसाल्न सकिने तालिम समापन समारोहका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । उनले समुदायका विवादलाई व्यवस्थीत रुपमा समाधान खोज्न सीपयुक्त मेलमिलापकर्ता हुनुपर्नेमा जोड दिए ।
गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक सुनिता राईले न्यायिक समितिको न्याय सम्पादनका लागि आवश्य जनशक्ति उत्पादन तालिम आयोजना गरेको जानकारी गराए ।
मानव अधिकार मञ्च नेपाल इलामका पारस राई र यामकुमार माबो लिम्बुले सहजिकरण गरेको तालिममा सहभागी नारायण तामाङले सिकेको सीपलाई व्यवहारिक उपयोगमा गाउँपालिकाले सहयोग गर्नु पर्ने बताए ।
समुदायको समस्याको समाधान समुदायमै खोजेर दिगो शान्तिलाई संस्थागत विकास गर्दै न्यायिक समितिको कार्य सम्पादनका लागि तालिम प्राप्त मेलमिलापकर्ता हुनुपर्ने तालिमका सहजकर्ता पारस राई बताए ।

42 पटक हेरिएको 












