सूर्योदय नगरपालिकाले गर्यो उत्कृष्ट उद्यमी सम्मान


सेवारो खबर  26 पटक हेरिएको

फिक्कल: सूर्योदय नगरपालिकाले उध्यमी सम्मान कार्यक्रम गरेको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी व्यवसायी तथा श्रमिकहरूको सम्मान, पुनःएकीकरण र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले उध्यमी सम्मान कार्यक्रम गरेको जनाइएको छ ।
कार्यक्रममा वैदेशिक रोजगारीको अनुभवलाई स्वदेशमै उत्पादनशील क्षेत्रसँग जोड्दै उद्यम सञ्चालन गरिरहेका व्यवसायी तथा श्रमिकहरूलाई श्रम तथा रोजगार शाखा रेमी परियोजनाले सम्मान गरेको हो ।
कार्यक्रममा हभागीले विदेशमा आर्जन गरेको सीप, अनुभव र पूँजीलाई स्वदेशमै सदुपयोग गरी उद्यमशीलताको विकासमा लाग्नुपर्ने आवश्यकता औँल्याएका थिए।
नगरपालिकाले कार्यक्रममार्फत स्वदेशमै रोजगारी सिर्जना, सीप विकास तथा उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकता दिएको जनाएको छ।
सम्मान कार्यक्रमले स्थानीय उत्पादन वृद्धि, आर्थिक गतिविधि विस्तार  गर्स्थादै स्थानीय अर्थतन्त्र सुदृढीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार